रिडी हाइड्रोपावरले हकप्रद शेयर जारी गर्दै

काठमाडौं । रिडी हाइड्रोपावर कम्पनीले शत प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले निकट भविष्यमा निमार्ण गर्न लागेको ८.५ मेगावाट क्षमताको बुटवल सोलार आयोजना लागि पूँजी जुटाउन हकप्रद शेयर बिक्री गर्ने जनाएको छ ।

कम्पनीले असार १८ गते बसेको सञ्चालक समितिको बैठकबाट चुक्ता पूँजी ५० करोड १० लाख ५५ हजार १ सय को १ बराबर १ को अनुपातमा हकप्रद शेयर वितरण गर्न लागेको हो ।

कम्पनीले आगामी साधारणसभाबाट अनुमोदन तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पश्चात हकप्रद निष्काशन गर्ने जनाएको छ ।

२०७० साल कात्तिकमा आइपिओ निष्कासन गरेको कम्पनीले अहिलेसम्म ३३ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

प्राधिकरणले आजदेखि यी ६ फिडरमा बिजुली काट्ने (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन भूमिगत गर्न काठमाडौं उपत्यकाका ६ फिडरमा एक सातासम्म बिजुली काट्ने भएको छ । कालीमाटी, गोठाटार, ताहाचल, चौमती र मच्छेगाउँ फिडरले समेटेका वितरण क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म दैनिक ३ घण्टा विद्युत कटौती हुनेछ ।

प्रतिकृया दिनुहॊस