खसीको सेकुवा बनाउने तरीका

आवश्यक सामग्रीहरु
सबै भन्दा पहिला आफूलाई आवश्यक पर्ने खसीको मास ुहड्डी नभएको लिने
एक ,एक चम्चा लसुन र अदुवाको पेस्ट,
एक चम्चा गरम मसला,
एक ,एक चम्चा धनियाँ र जीराको धूलो,
सुकेको रातो खुर्सानीको धूलो दुई चम्चा,
दुई चम्चा खाने तेल, तीनदेखि पाँच चम्चा रम, नुन
स्वादअनुसार राख्ने
बनाउने विधि
शुरुमा खसीको मासुलाई सानो चौकोर टुक्रामा काट्ने। अब त्यसरी कुटिएको मासुमा माथि उल्लेखित सबै मसला हालेर कम्तीमा दुई घण्टा त्यसै छाडिदिनुहोस् । त्यसपछि झीरमा मासुका टुक्राहरू उनेर कोइलाको रापमा कम्तीमा पनि ५देखि छ इन्चको दूरीबाट बिस्तारै सेक्दै जानुहोस मासु राम्रोसँग पाकेपछि प्याजको रिंग र कागतीको टुक्राले सजाएर चिउरासँग खान सक्नुहुन्छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

यस्ताे छ घरैमा सुकुटी बनाउने तरिका

दसैंमा मासुका विभिन्न परिकारहरू बनाइन्छ। जस मध्ये एक हाे सुकुटी । बफ/चिकेन सुकुटी हरेक उमेर …

प्रतिकृया दिनुहॊस