खेल

स्पेनका इनियस्टाले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं । स्पेनका आन्द्रे इनियस्टाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आयोजक रसियासँग विश्व कपको प्रि क्वार्टरफाइनलमा हिजो स्पेन टाइब्रेकरमा ४–३ ले पराजित भएको केहि समयपछि इनियस्टाले सन्यासको घोषणा गरेका हुन् । कप्तान समेत रहेका इनियस्टालाई रसियाविरुद्ध दोस्रो हाफमा मात्र मैदानमा उतारिएको थियो । स्पेनलाई दुई पटक युरो कप, एक पटक विश्वकप जिताउन प्रमुख भमिका खेलेका इजियष्टाले रसियाविरुद्ध पेनाल्टीमा समेत गोल गरेका थिए । अन्तिम १६ मा रसियासँग पराजित …

पुरा पढ्नुहॊस »

विश्वकपमा आज हुने खेलहरु

काठमाडौं । विश्वकप २०१८ अन्तिम १६ अन्तर्गत आज दुई खेल हुँदै छन् । अहिलेसम्म ४ नक आउट खेल खेलिंदा उरुग्वे, फ्रान्स, रसिया र क्रोएसिया छनोट हुन सफल भएका छन् भने अर्जेन्टिना, पोर्चुगल, स्पेन र डेनमार्क बाहिरिएका छन् । आजका विश्वकपका खेलहरु यस प्रकारका छन् :- पहिलो खेल ब्राजिल विरुद्ध मेक्सिको समय : ७:४५ बजे दोस्रो खेल बेजियम विरुद्ध जापान समय : ११:४५ बजे

पुरा पढ्नुहॊस »

पेनाल्टी सुटआउटमा क्रोसियाले डेनमार्कलाई हरायो

काठमाडौं । डेनमार्कलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा पुगेको छ । गए राति भएको खेलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुट आउटमा ३–२ ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । नियमित र अतिरिक्त समय १–१ मा सकिएपछी खेल पेनाल्टीमा पुगेको हो । डेनमार्कले खेलको पहिलो मिनेटमै गोल गर्न सफल भएको थियो । माथियस जोर्जेन्सनले ५८ सेकेन्डमै गोल गर्दै टोलीलाई अग्रता दिलाए जुन गोल विश्वकप इतिहासमा डेनमार्कका लागो सबैभन्दा छिटो गोल पनि थियो । तर, खेलमा …

पुरा पढ्नुहॊस »

पेनाल्टी शुटआउटमा स्पेनलाई स्तब्ध पार्दै रसिया पुग्यो क्वाटरफाइनलमा

काठमाडौं । पूर्व विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा हराउँदै आयोजक रसिया इतिहासमै पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । विश्वकप २०१८ अन्तिम १६ को तेस्रो क्वाटरफाइनलमा रसियाले स्पेनलाई पेनाल्टीमा ४–३ ले हराएको हो । नियमित र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो । मार्को एसेन्सियोको फ्रिकिकमा रसियाका सेर्जे इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलमा स्पेनले अग्रता लिएको थियो । तर खेलको ४० औं मिनेटमा जेरार्ड पिकेको …

पुरा पढ्नुहॊस »

घरतर्फ मेसी र रोेनाल्डोको पुस्ता

काठमाडौं । विश्व फुटबलका महान् खेलाडीद्वय पेले र म्याराडोनाको पुस्तापछि त्यो उचाइमा अन्य खेलाडीको नाम आएको छैन । तर अहिले बहस तीव्र बनेको छ, वर्तमानका महान् खेलाडी को हुन् रु लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो वा दुवै । दक्षिण अमेरिकी फुटबललाई माया गर्ने, अझ भनौं स्पेनिस क्लब बार्सिलोनालाई पछ्याउनेहरूका लागि मेसी विश्वकै उत्कृष्ट खेलाडी लाग्न सक्छ्न । त्यस्तै युरोपेली फुलबल मन पराउने र रियाल मड्रिडलाई पछ्याउनेहरूका लागि भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो …

पुरा पढ्नुहॊस »

विश्वकपमा आज हुने खेलहरु

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ अन्तर्गत आज अन्तिम १६ का दुई खेल हुँदैछन् । आजका खेलहरु स्पेन विरुद्ध रुस स्थान : लुजनीकी स्टेडियम, मस्को समय – बेलुकी ७ः ४५ बजे क्रोएसिया विरुद्ध डेनमार्क स्थान : नीज्नी नोभगोरोड समय – रातिको ११ः४५ बजे

पुरा पढ्नुहॊस »

विश्वकप फुटबल : समूह चरणका सबै खेल सकिए

काठमाडौं । रसियामा जारी फिफा विश्वकपमा समूह चरणका खेल सबै सकिएका छन् । ४८ खेल सकिँदा १६ टिम नकआउट चरणमा पुगेका छन् भने १६ टिम घर फर्किएका छन् । नकआउट चरणका खेल भोलिदेखि सुरु हुँदैछन् । विश्वकपको दाबेदार मानिएको देश जर्मनीबाहेक ब्राजिल, अर्जेन्टिना, बेल्जियम, स्पेन जस्ता देशहरुले अन्तिम १६ मा स्थान बनाउन सफल भए । अन्तिम १६ बाट नकआउट चरण सुरु हुनेछ । भोलि सुरु हुने ती खेलहरुमा पराजित हुने …

पुरा पढ्नुहॊस »

विश्वकपमा आज हुने खेलहरु

काठमाडौं । रसियामा जारी विश्वकपमा आज हुने ४ खेलसँगै समूह चरणका सबै खेल सकिने छन् । आज समूह ‘जी’ र समूह ‘एच’ का खेलहरु हुने छन् । समूह एच बेलुका ७ः४५ – जापान वि। पोल्याण्ड स्थानः भोल्गोग्राड एरेना, भोल्गोग्राड बेलुका ७ः४५ – सेनेगल वि। कोलम्बिया स्थानः समारा एरेना, समारा समूह जी राति ११ः४५ – पानामा वि। ट्युनिसिया स्थानः मोर्डोभिया एरेना, सारानस्क राति ११ः४५ – इंग्ल्यान्ड वि। बेल्जियम स्थानः कलीनीनग्राड स्टेडियम, …

पुरा पढ्नुहॊस »

ब्राजिल र स्विट्जरल्याण्ड अन्तिम १६ मा

काठमाडौं । समुह ई बाट ब्राजिल र स्विट्जरल्याण्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन् । समूहको अन्तिम खेलमा ब्राजिलले सर्वियालाई दुई शून्यले हराउँदै समूह विजेताका रुपमा अन्तिम १६ मा स्थान बनायो । यस्तै अर्को खेलमा स्विट्जरल्यान्ड र कोस्टा रिकाले २–२ को बराबरी खेल्दै स्विट्जरल्यान्डले अन्तिम १६ मा स्थान बनायो । ब्राजिलको जितमा पाउलिन्हो र थिएगो सिल्भाले गोल गरे । पाउलिन्होले ३६ औं मिनेटमा ब्राजिलका लागि गोलको खाता खोलेका …

पुरा पढ्नुहॊस »

समूह एफबाट स्वीडेन र मेक्सिको विश्वकप फुटबलको अन्तिम १६ मा

काठमाडौं । समूह एफबाट स्वीडेन र मेक्सिको विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । हिजो राति भएको समूह एफको खेलमा मेक्सिकोलाई ३–० ले हराउँदै स्वीडेन समूह विजेता हुँदै अन्तिम १६ मा पुगेको हो । मेक्सिको भने उपविजेता हुँदै अन्तिम १६ मा पुगेको छ । खेलको ५० औं मिनेटमा स्वीडेनका लुडविग अगुस्टिन्सनले पहिलो गोल गरे भने ६२ औं मिनेटमा एन्ड्रेस ग्रानभिस्टले गोल गरे । यस्तै ७४ औं मिनेटमा मेक्सिकोका …

पुरा पढ्नुहॊस »