स्पेनका इनियस्टाले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं । स्पेनका आन्द्रे इनियस्टाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आयोजक रसियासँग विश्व कपको प्रि क्वार्टरफाइनलमा हिजो स्पेन टाइब्रेकरमा ४–३ ले पराजित भएको केहि समयपछि इनियस्टाले सन्यासको घोषणा गरेका हुन् ।

कप्तान समेत रहेका इनियस्टालाई रसियाविरुद्ध दोस्रो हाफमा मात्र मैदानमा उतारिएको थियो । स्पेनलाई दुई पटक युरो कप, एक पटक विश्वकप जिताउन प्रमुख भमिका खेलेका इजियष्टाले रसियाविरुद्ध पेनाल्टीमा समेत गोल गरेका थिए । अन्तिम १६ मा रसियासँग पराजित भएपछि इनियष्टा भक्कानिदै रोएका थिए ।

‘राष्ट्रिय टोलीका लागि यो मेरो अन्तिम खेल थियो । यो ठूलो मेलामा हाम्रो यात्रा टुंगिएको छ, ‘उनले भने, ‘तर यो ठूलो अवसरमा चाहेजस्तो गर्न सकेनौं ।’

३४ वर्षिय इनियष्टाले यसै वर्ष बार्सिलोना क्लबपनि छाडेको घोषणा गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री