२४ वर्षपछि स्विडेन विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौं । स्विडेन सन् १९९४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने क्रममा स्विडेनले स्विट्जरल्याण्डलाई १–० गोलले पराजित गरेको हो ।

स्विडेनका लागि विङर एमिल फोर्सबर्गले निर्णायक गोल गरे । अधिकांश समय स्विट्जरल्याण्डले खेल नियन्त्रणमा लिएको थियो । राम्रो खेलेर पनि स्विट्जरल्याण्ड हार्न पुग्यो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा ६६औं मिनेटमा ओला टोइभोनेनको पासमा फोर्सबर्गले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार गरेको बल गोल हुन पुग्यो ।

खेलको अन्तिम मिनेटमा स्विडेनको काउन्टर एट्याक रोक्न खोज्दा मिचेल ल्यांगले म्युनअल अकाञ्जीलाई फल गरेपछि उनले रातो कार्ड पाएपछि खेलको अन्तिम केही सेकेण्ड स्विस टोली १० खेलाडीमा समेटिएको थियो ।

साविक विजेता जर्मनी रहेको समूह ‘एफ’ मा विजेताका रुपमा स्विडेन अन्तिम १६ मा छनोट हुन सफल भएको थियो । अर्को तर्फ, ब्राजिललाई पहिलो खेलमा १–१ को बराबरीमा रोकेको स्विट्जरल्याण्ड समूह ‘ई’ को उपविजेता रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री