ब्राजिल लगातार सातौँ पटक विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौं । मेक्सिकोलाई हराउँदै पाँच पटकको फिफा विश्वकप विजेता ब्राजिल लगातार सातौंपल्ट विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हिजो भएको विश्वकप अन्तिम १६ को पाचौं खेलमा ब्राजिलले मेक्सिकोलाई २–० ले हराएर क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

ब्राजिलका लागि फरवार्ड नेयमार र रोबर्टो फिर्मिनोले गोल गरे । खेलको ५१ औं मिनेटमा विलियनको सुन्दर पासमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । खेलको अन्तिम मिनेटतिर नेयमारकै पासमा परिवर्तित खेलाडी फिर्मिनोले गोल गर्दै ब्राजिलको जित हासिल गर्यो ।

ब्राजिल समूह ‘ई’ को विजेताका रुपमा अन्तिम १६ मा छनोट भएको हो भने मेक्सिको समूह ‘एफ’ को उपविजेता रहेको हो ।

यस अघि उरुवे, फ्रान्स, रुस र क्रोएसिया अन्तिम ८ मा सफल भइसकेका छन् भने पोर्चुगल, अर्जेन्टिना, स्पेन र डेनमार्क बाहिरिएका छन् ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस