जापानलाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौं । जापानलाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बेल्जियमले जापमनलाई ३–२ ले हराएर क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

दोस्रो हाफको सुरुमै बेल्जियमले २ गोल खान पुग्यो । ४८औं मिनेटमा जापानका गाको सिवाशाकीको उत्कृष्ट पासमा गेन्को हारागुचीले वान भर्सेस वानमा गोल गरे ।

त्यसको चार मिनेटपछि नै उपाधिको दावेदारमध्येको एक बेल्जियमबिरुद्ध जापानले दोहोरो अग्रता बनायो ।

सिञ्जी कागावाको पासमा ताकासी इनुइले करिब २५ यार्डबाट प्रहार गरेको शट बेल्जियन किपर थियागो कोट्वालाई चक्मा दिँदै गोलमा परिणत भएको थियो ।

बेल्जियम खेलमा फर्कियो । ६९औं मिनेटमा बेल्जियमका जान भर्टोनघानले पेनाल्टी एरियाको दायाँपट्टीबाट गरेको हेडर आकर्षक गोलमा परिणत भएको थियो ।

७४औं मिनेटमा बेल्जियमले बराबरी गोल फर्कायो । ६५औं मिनेटमा ड्राइज मार्टिन्सलाई प्रतिस्थापन गरेका मोरुन फेलिनीले हेडमार्फत गोल गरे ।

बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा बेल्जियमका सब्सिच्युड स्टइकर नासिर चाड्लीले पेनाल्टी एरियाबाट क्लोज रेञ्ज शट प्रहार गरी खेलको नाटकीय अन्त्य गरे । यही गोलले बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा पुग्यो ।

बेल्जियमले ब्राजिलसँग क्वार्टरफाइनल खेल्नेछ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

एनपीएलको उद्घाटन खेलका सबै टिकट अगाडि नै बिक्री

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलका सबै टिकट बिक्री भएका …

प्रतिकृया दिनुहॊस