पत्रकार महिला फुटबल प्रतियोगितामा प्रिन्ट विजेता,अनलाइन उपविजेता

काठमाडौं ।  नेपाल पत्रकार महासंघ महिला विभागद्वारा आयोजित महिला फुटबल प्रतियोगितामा  प्रिन्ट मिडिया विजेता भएको छ भने अनलाइन मिडिया उपविजेता बनेको छ ।

एन्फा कम्प्लेक्स, सातदोबाटोमा शनिबार सम्पन्न‘महिला पत्रकार कोषका लागि एक गोल’ नारासहित प्रतियोगितामा  अनलाइन मिडियालाई २–१ गोलले पराजित गर्दै प्रिन्ट मिडियाले उपाधि जितेको हो । खेल जारी रहेकै बेला रातपरेपछि खेल बीचमै रोकेर पेनाल्टीमार्फत विजेता घोषित गरिएको थियो ।

विजेता टोली प्रिन्टका लागि पून्यवती ढकाल र भाषा शर्माले गोल गरेका थिए भने अनलाइनका तर्फबाट मुना कार्कीले मात्र गोल गर्न सफल भइन् ।

प्रतियोगितामा रेडियो र टेलिभिजनले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे । निर्धारित २० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि दुवै टोलीलाई तेस्रो भएको घोषणा गरिएको थियो । विजेता टोली रेडियोलाई २–१ गोलले र उपविजेता अनलाइन टोली टेलिभिजनलाई २–१ ले पराजित गरी फाइनलमा पुगेका थिए ।

विजेता समूहलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल, सचिब रामप्रसाद दाहाल, सचिब लक्ष्मी पुन, कोषाध्यक्ष राजेश मिश्रलगायतले ट्रफी तथा मेडल प्रदान गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री