मेस्सी र उनको कुकुरबिचको फुटबल, भाइरल भयो भिडियो

लियोनल मेस्सी  इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन भन्दा कुनै फरक पर्ला । धेरै मानिसहरु मेस्सीको जेनेरेशनको सर्वोकृष्ट खेलाडीको रुपमा लिने गर्छन् । तर अहिले  मेस्सीको टिम अर्जेन्टिना रुसमा भएको विश्वकप फुटबलमा अन्तिम १६ बाटै घर फर्कियो ।
त्यसपछि मेस्सी बिदा मनाउन  परिवारसँग समय बिताए । उनी अब नयाँ सिजनका लागि बार्सिलोना फर्किने तयारीमा छन् ।  तर त्यो भन्दाअघि उनको फुटबल मोहको एउटा किस्सा सामाजिक सञ्जालमा भाइरल भएको छ ।
मेस्सीले आफ्नो गार्डेनमा उनको प्रिय कुकुर  हुल्कसँग फुटबल खेल्दै गरेको भिडियो उनकी श्रीमतीले पोस्ट गरेकी छन् । भिडियोमा शरीरको माथिल्लो भागमा लुगा नलाएका मेस्सी र हुल्कले फुटबल खेलिरहेका छन् ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री