नेपाली फुटबल टोली १० दिने प्रशिक्षणका लागि थाइल्याण्ड प्रस्थान

काठमाडौं।आगामी अक्टोबरमा इन्डोनेसियामा हुने १८ औंं एसियन गेम्स र बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली फुटबल टोली १० दिने प्रशिक्षणका लागि आज थाइल्याण्ड प्रस्थान गर्दैछ ।

साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय टोली र एसियन गेम्स खेल्ने यू–२३ टोलीका खेलाडी समावेश संयुक्त टोली वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड जाने एन्फाले जनाएको छ । थाइल्याण्डमा नेपालको दुई छुट्टै टोली मैत्रीपूर्ण खेल खेल्नेछन् ।

नेपालको राष्ट्रिय टोली आगामी मंगलवार त्यहाँको पुलिस तेरोसँग खेल्नेछ । यस्तै नेपाल यू–२३ टोलीले अर्को शुक्रवार थाइल्याण्डको यू–२३ टिमसँग खेल्नेछ । एसियन गेम्स अन्तर्गतको पुरुष फुटबल अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुनेछ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

विश्व च्याम्पियन अर्जेन्टिना पराजित, रोकियो ब्राजिल

काठमाडौं – विश्व च्याम्पियन अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा पराग्वेसँग पराजित भएको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस