समाचार

बझाङमा ५० प्रतिशत मतदान

बझाङ।   बझाङमा ५० प्रतिशत  मतदान  भएको छ ।  बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३ बजेसम्म जिल्लाभर ५० प्रतिशत   मतदान  भएको छ ।

पुरा पढ्नुहॊस »

मतदान केन्द्र आउने क्रममा एक युवतीको मृत्यु

दोलखा । दोलखाको तामाकोशी गाँउपालिका -६ स्थित महेन्द्र मावि मतदान केन्द्र आउने क्रममा एक युवतीको मृत्यु भएको छ ।प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न वुथमा पुग्ने क्रममा २५ वर्षीया निर्मला फुयालको मृत्यु भएको हो । फुयालको उकालो हिड्ने क्रममा अकस्मात हृदयघात भएपछि उनकाे निधन भएकाे थियो ।उनले मतदान गर्न पाइनन् ।

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोकको देउराली मतदान केन्द्रमा झडप

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको देउराली प्रा.बि मतदान केन्द्रमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीद्वारा एक राउन्ड हवाई फायर गरेको छ ।झडपमा  परी  केही  घाइते भएको प्रहरीले जानकारी दिएको छ । लोकतान्त्रिक गठबन्धनका व्यक्तिहरूले वामपन्थी कार्यकर्तालार्इ अाक्रमण गरेपछि झडप भएको थियो । अहिले स्थिति सामान्य रहेको छ ।

पुरा पढ्नुहॊस »

रुकुमको बाथिकोटस्थित रत्ना मावि मतदान केन्द्रमा मतपत्र जलाइयो

रुकुम ।रुकुमको बाथिकोटस्थित रत्ना मावि मतदान केन्द्रमा मतपत्र जलाइएको छ । करिब २ सय भन्दा माथि मतपत्र जलेर नष्ट भएको छ ।अहिले उक्त  स्थानमा मतदान कार्य स्थगित गरीएको छ ।

पुरा पढ्नुहॊस »

ताप्लेजुङको हाम्पाङमा १ घण्टाको लागि मतदान कार्य स्थगित

ताप्लेजुङ ।ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा –३   मा रहेको सरस्वति मावि हाम्पाङमा १ घण्टाको लागि मतदान कार्य स्थगित गरीएको छ । उक्त मतदान केन्द्रको नजिकै प्रेशर कुकर वम फेला परेको  मतदान स्थगित गरिएको हो  । उक्त  स्थानमा नेपाली सेनाले वमलाई निष्क्रिय वनाउने तयारी  भइरहेको प्रहरीले  जनाएको छ ।

पुरा पढ्नुहॊस »

बाजुराको पाण्डुसैन वुथमा झडप

बाजुरा । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका –८मा रहेको पिस क्रेटर एकेडेमी पाण्डुसैन बुथमा लाईनमा मतदान गर्न जाने क्रममा बिबाद भई बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच ढुङ्गा हानाहान  हुँदा २ जना मतदाता घाईते भएका छन् ।

पुरा पढ्नुहॊस »

ताप्लेजुङको चार मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याइने

ताप्लेजुङ । ताप्लेजुङको दुर्गम हिमाली गाउँपालिकामा रहेको चार स्थानको मतपेटिका भने  सोमबार मात्रै हेलिकोप्टरबाट ल्याइने  भएको छ ।      ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ मा रहेको ग्याब्ला, ७ मा रहेको याङ्मा, ६ को घुन्सा र ओलाङ्चुङगोलाको मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार मात्रै ल्याउने  भएको छ । आइतबार साँझ ५ बजे मात्रै मतदान सकिने र चाँडै रातपर्ने , विकट तथा अतिदुर्गम रहेकाले उक्त स्थानको मतपेटिका हेलिकोप्टरबाट सोमबार मात्रै ल्याउने  भएको हो  ।

पुरा पढ्नुहॊस »

३२ जिल्लामा उत्साहपूर्वक मतदान हुँदै

काठमाडाैं ।३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि मतदान जारी छ। निर्वाचन आयोगले मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म निर्धारण गरेको छ। सबैजसो जिल्लाहरूमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ।

पुरा पढ्नुहॊस »

म्याग्दीमा बम विस्फोट

म्याग्दी। म्याग्दीमा वामगठबन्धनका उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट भएको छ । बेनी नगरपालिका–२ तोराखेतमा नेकपा (एमाले)का प्रतिनिधिसभाका उम्मेदवार भूपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम विस्फोट भएको हो ।विस्फोटबाट कुनै पनि क्षत्ति नभएको प्रहरीले जनाएको छ । सोही क्षेत्रमा कात्तिक २८ गते नेपाली काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार खम्बिर गर्बुजालाई लक्षित गरेर विस्फोट भएको थियो ।  

पुरा पढ्नुहॊस »

गोरखामा सकेट बम

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–७ मा सकेट बम फेला परेको छ । उक्त  सकेट बम नेपाली सेनाको बम डिष्पोजल टोलीले डिष्पोज गरेको छ । स्थानीयले बोराभित्र शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पुरा पढ्नुहॊस »