साहित्य

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभयो । यी कृतिका माध्यमबाट देवकोटाले …

पुरा पढ्नुहॊस »

काे हुन् शताब्दी पुरुष जाेशी ?

शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली वाङ्मयका क्षेत्रमा महत्वपूर्ण र विशिष्ट योगदान पुर्याउनुभएको छ । उहाँका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा अनेक विषयका करिब छ दर्जन जति सिर्जनात्मक, अनुसन्धानात्मक कृति प्रकाशित छन् । बहुमुखी प्रतिभाका धनी जोशीको एक सय तीन वर्षको उमेरमा आज ललितपुर ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज निधन भएको हो । उहाँप्रति श्रद्धाञ्जलि दिन विभिन्न पार्टीका नेता, साहित्य तथा संस्कृतिकर्मी अस्पताल पुग्नुभएको छ । उहाँ काव्यकार, नाटककार, …

पुरा पढ्नुहॊस »

कवि राजेन्द्र तारकिणीको ‘बिगन रामको मादल’ सार्वजनिक

काठमाडौँ । कवि राजेन्द्र तारकिणीद्वारा लिखित कविता कृति ‘बिगन रामको मादल’ विमोचन गरिएको छ । सोमबार संविधान दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा कवि-साहित्यकार श्यामल, कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभ, कवि-समीक्षक एवं प्राध्यापक गीता त्रिपाठी र लेखक-समीक्षक राजकुमार बानियाँ लगायतले कृतिको विमोचन गरेका हुन् । विमोचनपछि कृतिमाथि समीक्षात्मक अन्तरक्रिया गरिएको थियो । प्रस्तोता राजकुमार बानियाँले वक्ताहरू श्यामल, शलभ र त्रिपाठीलाई पालैपालो कवि तारकिणीका कविताको भावभूमि, सबल पक्ष, समकालीन कवितामा …

पुरा पढ्नुहॊस »

समीक्षा: ‘यात्रा’ कविता संग्रह 

कवि खगेश्वर कोइरालाको कविता संग्रह ‘यात्रा’ पढ्न पाइयो । निजामती सेवामा जीवनको उर्वर समय बिताएका कोइरालाको ‘यात्रा’ कविता संग्रहमा छोटा र मीठा कविता संकलित छन् । भोजपुरमा जन्मिएका उनी जिल्लाको कला र साहित्यको इतिहासमा योगदान दिन सफल भएका छन् । गणेशको परीक्षा शीर्षकबाट सुरु भएर राजधानी रक्षक देवतासम्म उतारिएका कविताका भाव अत्यन्तै सरल, सहज र मिठासपूर्ण छन् । २००१ साल चैत्र २४ गते जन्मिएका उनीले लेखेका कविता त्यो बेला कान्तिपुर …

पुरा पढ्नुहॊस »

साहित्य सङ्गमद्वारा हेटौंडामा चार जना स्रष्टा सम्मानित

साहित्य सङ्गम मकवानपुरले हेटौंडामा चार जना स्रष्टालाई आइतबार सम्मान गरेको छ। गोपालप्रसाद रिमालको स्मृतिमा रिमालको प्रतिमास्थल वनस्खण्डीमा आयोजित विशेष साहित्यिक कार्यक्रममा सङ्गमले हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कारबाट स्रष्टालाई सम्मानित गरेको हो । सङ्गमले यसवर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ बाट वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई सम्मानित गरेको छ । रिमालका परिवारले स्थापना गरेको उक्त सम्मानसहित श्रेष्ठलाई नगद २० हजार एक रुपैयाँ प्रदान गरिएको …

पुरा पढ्नुहॊस »

शेखर ढुंगेलको कथाकृति “जात” लोकार्पण

साहित्यिक पत्रकार संघद्वारा जेठ २२ गते आयोजित एक विशेष साहित्यिक समारोहमा सर्जक शेखर ढुंगेलको नयाँ कथाकृति “जात”को लोकार्पण गरियो । समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो । सो अवसरमा कुलपति उप्रेतीले ढुंगेलको साहित्यिक सक्रियताको प्रशंसा गर्दै जात कृतिका माध्यमबाट उहाँले नेपाली साहित्यमा थप योगदान गर्नुभएको बताउनुभयो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको समारोहमा वरिष्ठ समालोचक प्रमोद प्रधान र आख्यानकार …

पुरा पढ्नुहॊस »

साहित्यकार वर्षाको ‘अन्ततः यन्त्रणा’ उपन्यास लोकार्पण

कवि तथा साहित्यकार सुमन वर्षाको उपन्यास ‘अन्ततः यन्त्रण’ एक भव्य कार्यक्रमका विच नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक भयो । नेपाली कांग्रेसका महामन्त्री तथा साहित्यकार कवि, विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा वरिष्ठ साहित्यकार भुवन दुङ्गाना, प्रयागराज भट्टराई, महेश पौडेल, अनुपमा रेग्मी, लेखक सुमन वर्षा र शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले संयुक्तरुपमा कृतिको सार्वजनिक गरेका हुन् । लोकार्पित पुस्तक अन्ततः यन्त्रणामाथि समीक्षा गर्दै समालोचक महेश पौडेलले पुस्तक मार्फत सुमन वर्षाले धेरै …

पुरा पढ्नुहॊस »

कविताः नयाँ वर्ष २०७९ काे हार्दिक शुभकामना…!!!

महेशराज खरेल ~~~~~~~~~~~~~ नयाँ वर्ष २०७९, तिमी आउँदा यसपटक देश विकासकाे उत्कृष्ट सीप र दृष्टिकाेण लिएर आउ, घात र प्रतिघातले थिलथिलाे नेपाल निर्माणकाे दृढ अठाेट बाेकेर आउ।। भेटेका छाैं तिमीले देशमा, बाेक्सा ,बाेक्सीकाे आराेपमा कुटिएका, हेपिएका, थिचिएका र मिचिएका, दाईजाेकाे अभावमा दवाईएका,जलाईएका, जात र पातकाे आराेपमा , सामाजिक अपहेलना खेपिरहेका, विपन्नताकाे शिखर बाेकेर कष्टकर जीवन घिसारिरहेका, उपचारकाे अभावमा मृत्युलाई पर्खिरहेका, बलात्कारकाे शिकारमा परेका अवाेध बालिका, तड्पिईरहेका वा जीवन लिला नै …

पुरा पढ्नुहॊस »

समालोचक डा. सिर्जना शर्मा पारिजात स्मृति साहित्य सम्मान–०७८ बाट सम्मानित

साहित्य संगम मकवानपुर र आदर्श टोल विकास संस्थाले संयुक्तरुपमा प्रदान गर्दै आएको पारिजात स्मृति साहित्य सम्मानबाट साहित्यकार, समालोचक डा. सिर्जना शर्मालाई सम्मानित गरिएको छ। हेटौंडा उपमहानगरपालिका–१० बसपार्कमा रहेको पारिजात रेष्ट गार्डेनमा पारिजातको प्रतिमा स्थलमा २९ औं पारिजात स्मृति दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा साहित्यकार शर्मालाई पारिजात स्मृति साहित्य सम्मान–२०७८ बाट सम्मानित गरिएको हो । उनलाई नगद १५ हजार ५५५ रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । कार्यक्रममका प्रमुख अतिथि हास्यव्यङ्ग्यकार आरसी …

पुरा पढ्नुहॊस »

पवन आलोकको नियात्रा “पहाड र लमतन्न समुद्र”को लोकार्पण

नियात्रा समाज नेपालले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजना गरेको नियात्राकार पवन आलोकको नियात्राकृति “पहाड र लमतन्न समुद्र”को लोकार्पण भयो। नियात्रा समाज नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै समाजका अध्यक्ष एवं साहित्यकार प्रतीक ढकालले पवन आलेकका नियात्राले पाठकलाई नढाँट्ने दावी गरे। यस्तै समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले आलोक नियात्रामा सिधा भन्ने गरेकाले उनका नियात्रा पढ्न पाठकलाई सहज हुने बताए। कार्यक्रममा बोल्दै साझा प्रकाशनका महाप्रबन्धक एवं साहित्यकार प्रल्हाद पोखरेलले साझा प्रकाशनको अवस्था बारेमा …

पुरा पढ्नुहॊस »