साहित्य

नेपाल-भारत साहित्य महोत्सव बैशाख १६ गतेदेखि हुने

नेपाल-भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदिवसीय नेपाल-भारत साहित्य महोत्सव २०२२ काठमाडौंमा ०७९ बैशाख १६-१८ मा हुने भएको छ। महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व र मेरठ लिटरेरी फेस्टिबलका अध्यक्ष डा. विजय पण्डितसहितको उपस्थितिमा आज काठमाडौंमा भएको बैठकले उक्त निर्णय गरेको हो । काठमाडौंमा गत फेब्रुअरी २६-२८, २०२२ मा आयोजना गर्ने भनिएको त्रिदीवसीय नेपाल-भारत साहित्य महोत्सव ओमिक्रोन महामारीको कारण स्थगित गरिएको थियो। आजको बैठकमा साहित्यकारहरु प्रमोद प्रधान, मुरारी सिग्देल, अस्मिता …

पुरा पढ्नुहॊस »

साहित्यकार उमा पौडेलको कृति ‘घुम्टी’ लाेकार्पण

उमा पौडेलद्वारा लिखित पुस्तक घुम्टीको लाेकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्याल, सुरक्षित आप्रवास परियोजनाका टिम लिडर सीता घिमिरे, लेखक तथा पत्रकार होम कार्की लगायतले पुस्तक लाेकार्पण गरेका हुन् । घुम्टी रोजगारीका शिलशिलामा विदेशिएका युवाहरू र उनीहरूको पखाईमा बस्ने परिवारको भावना समेटिएको वास्तविक कथा हो। घुम्टीको समीक्षा गर्दै पत्रकार कार्कीले प्रायजसो श्रीमानहरू विदेश जानुपर्ने बाध्यता, श्रीमान् विदेशमा हुँदा नेपालमा श्रीमतीबाट हुने …

पुरा पढ्नुहॊस »

अक्षरमार्गद्वारा साहित्यसेवीहरू सम्मानित

अक्षरमार्गले आफ्नो वार्षिकोत्सवको अवसर पारेर नेपाल र छिमेकी देश भारतका साहित्यसेवीहरूलाई सम्मान गरेको छ। सम्मानित हुनेहरूमा विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट रोचक घिमिरे, श्रीराम स्मृति अक्षरमार्ग सम्मानबाट गंगा सुवेदी, नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मानबाट डा शैलेन्दुप्रकाश नेपाल, कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मानबाट श्रीराम श्रेष्ठ सम्मानित भएका थिए । साथै कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मान: डा साधना पन्त प्रतिक्षा, ध्रुवमिरा अक्षरमार्ग मिराज प्रतिभा सम्मान डा विजय पण्डित, भारत, अक्षरमार्ग भरतराज काभ्रेली सम्मान: तुयुकाजी …

पुरा पढ्नुहॊस »

शब्दयात्रा प्रकाशन काभ्रेले गर्याे विभिन्न क्षेत्रका सर्जकहरुलाई सम्मान

प्रदिप केसी शब्दयात्रा प्रकाशन काभ्रेले एक समारोहका बीच विभिन्न सर्जकहरुलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले शब्दयात्रा प्रकाशनले सम्मानित सर्जकहरुलाई महत्वपूर्ण आयाम र प्रेरणा मिलेको महसुस गर्दै न्यायोचित सम्मान भयो भने लेखक र विभिन्न विधामा सम्मानित हुने व्यक्तित्वहरुको आत्माले सन्तुष्टि पाउने उल्लेख गरे । उनले अहिले राज्यको हर क्षेत्रमा अनुशासन हराउँदै गएको महसुस गर्दै मानिसहरुमा अहमता भाव पैदा भएकोले समाज नकारात्मक दिशातिर …

पुरा पढ्नुहॊस »

रूपक अलङ्कारको महाकाव्य ‘विश्रान्त’ सार्वजनिक

कवि तथा लेखक रुपक अलंकारको नविनतम् महाकाव्य ‘विश्रान्त’ सार्वजनिक भएको छ। शनिबार एक कार्यक्रमका बिच नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्याय, समालोचक प्रा.डा रामप्रसाद ज्ञवाली, समालोचक तथा लेखक महेश पौड्याल र लेखक शैलेन्द्र अधिकारीले कृतिको सार्वजनिक गरेका हुन्। फुटकर कविता र निबन्ध लेख्ने अंलकारले पहिलो कृतिका रूपमा महाकाव्य ल्याएका हुन्। सदस्य सचिव उपाध्यायले नेपालका राजनीतिक नेतृत्वमा देखिएको व्यक्तिवादको चरित्रलाई कृतिले प्रश्न मात्र गरेको छैन, काव्यिक तरिकाले झापड हानेको …

पुरा पढ्नुहॊस »

साहित्यकार बिके पाल्पालीको निधन

साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ। विसं २०३२ मा पाल्पामा जन्मिएका उनको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो। केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलासिस गराउँदै आएका पाल्पालीलाई पछिल्लो समय कोरोना सङ्क्रमणसमेत भएको थियो । केही दिन अस्पतालमा राखेर उपचार गरे पनि बचाउन नसकिएको पाल्पालीकी श्रीमती एवं साहित्यकार पत्रकार रेणुका भट्टराईले जानकारी दिइन्। उनको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। नेपाली …

पुरा पढ्नुहॊस »

रहेनन् वरिष्ठ साहित्यकार डा. तारानाथ शर्मा

वरिष्ठ साहित्यकार डा. तारानाथ (ताना) शर्माको निधन भएकाे छ। उनकाे ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ। इलामको बरबोटेमा जन्मिएका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको महत्वपूर्ण घट्ना मानिन्छ। उनका ‘बेलाइततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध संग्रहका साथै नेपाली, अंग्रेजी, भाषा, व्याकरणसहितका १ सयभन्दा बढी पुस्तकहरू प्रकाशित छन्। लामो समयदेखि डिमेन्सिया(विस्मृति) रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च …

पुरा पढ्नुहॊस »

नेपाल-भारत साहित्य महोत्सव स्थगित

काठमाडौंमा आगामी फेब्रुअरी २६-२८, २०२२ मा आयोजना गर्ने भनिएको त्रिदीवसीय नेपाल-भारत साहित्य महोत्सव ओमिक्रोन महामारीको कारण हाललाई स्थगित गरिएको छ। परिस्थिति सहज भएपछि महोत्सवको मिति तोकिने भएको छ। महोत्सवका संयोजक साहित्यकार राधेश्याम लेकाली र मेरठ लिटरेचर फेस्टिभल (क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ) आयोजक समितिका अध्यक्ष डा. विजय पण्डितसहितको संयुक्त बैठकबाट सो निर्णय गरिएको हो । महोत्सव हाललाई स्थगित गरिए पनि महोत्सवको तयारी भने रोकिने छैन। महोत्सवमा लोकार्पण गरिने स्मारिकालगायतका कामहरु सुचारु …

पुरा पढ्नुहॊस »

साहित्यकार सूर्य लाकोजूका एकैसाथ तीन सिर्जना लोकार्पित

साहित्यकार तथा संस्कृतिकर्मी सूर्य लाकोजूको पनौतीमा बाह्र वर्षमा एक पटक लाग्ने मकर मेलाका विषयमा लेखिएका दुई पुस्तक र एक गीत लोकार्पण गरिएको छ। मकरमेलाको पहिलो दिन आयोजित कार्यक्रममा ‘पनौतीको बाह्रवर्षे मकरमेला’ र ‘Makar Mela of Panauti’ पुस्तक तथा पनौतीको चिनारी बोकेको गीत लोकार्पण गरिएको हो। चर्चित साहित्यकार सूर्यप्रसाद लाकोजुद्वारा सृजित यी तीन वटै कृतिको लोकार्पण नगरप्रमुख भीम न्यौपाने, बरिष्ठ साहित्यकार मोहन दुवाल, साहित्य सर्जक, समालोचक, संगीतकार, गायक लगायतद्वारा लोकार्पण गरिएको …

पुरा पढ्नुहॊस »

बसन्त चौधरीका दुई कृतिको एकैसाथ विमोचन

चर्चित कवि तथा गीतकार बसन्त चौधरीका दुई कृति एकै साथ लोकार्पण गरिएको छ । उनको नेपाली भाषाको कविता संग्रह ‘तिमीविनाको म’ र अंग्रेजी भाषाको कविता संग्रह ‘अनेक पल और मैं’ एक भव्य समारोहका बीच लोकार्पण गरिएको हो। मंगलबार कमलपोखरी स्थित मारवाडी सेवा सदनको हलमा ती कृतिहरुको विमोचन गरिएको हो। कुल ८५ वटा कविता समेटिएको ‘तिमीविनाको म’ र ८३ वटा रचना समेटिएका ‘अनेक पल औंर मैं’लाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद …

पुरा पढ्नुहॊस »