माछापुच्छ्रे बैंकको “८.२५% माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर” नेप्सेमा सूचीकृत

काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडद्वारा जारी गरिएको रु. १०० अंकित दरका कुल ३,००,००,००० –(तीन करोड) कित्ता “८.२५% माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर” जेठ १९ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

उक्त शेयरको कुल निष्कासन मूल्य रु. ३,००,००,००,००० (तीन अर्ब रुपैयाँ) रहेको छ । नेप्सेमा सूचीकृत भएको उक्त अग्राधिकार शेयर मिति २०८३\०२\२० गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि उपलब्ध भएको जानकारी गराउने  बैंकले जानकारी दिएकाे छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री