बीमा

मञ्जुश्री फाइनान्सको नाफा बढ्यो

काठमाडाैँ । चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा मञ्जुश्री फाइनान्सले १४ करोड ३३ लाख ७६ हजार खुद मुनाफा कमाएको छ । फाइनान्सले कमाएको यो नाफा अघिल्लो वर्षको सोही अवधीको तुलानामा १२ करोड ३७ लाखले बढी हो । कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ९६ लाख ८२ हजार खुद मुनाफा आर्जन गरेको थियो । त्यस्तै कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वितरणयोग्य मुनाफा भने ९ करोड ३१ लाख ४० हजार …

पुरा पढ्नुहॊस »

प्रभु इन्स्योरेन्सका सीईओ सन्चित बज्राचार्यको कार्यकाल थपियो

काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्चित बज्राचार्यको कार्यकाल थपिएको छ । सीईओ बज्राचार्यको पहिलो ४ वर्षे कार्यकाल पुरा भई माघ १ गतेदेखि नयाँ कार्यकाल थपिएको हो । यससँगै उनले आगामी ४ वर्षसम्म कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । लामो समयदेखि प्रभु इन्स्योरेन्समा आवद्ध रहेका बज्राचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् । साथै, उनीसँग सरकारी लगायत अन्य विभिन्न क्षेत्रको २५ वर्षको कार्य अनुभव रहेको छ ।

पुरा पढ्नुहॊस »

गुडविलले आफ्ना शेयरधनीलाई १० प्रतिशतको लाभांश दिने

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशतको लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७५–७६ को नाफाबाट लाभांश वितरण गर्न लागेको हो । मंगलबार राजधानीमा आयोजित २५ औं साधारणसभाले उक्त लाभांश पारित गरेको हो । साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष राजाराम जोशीले गत वर्षको तुलनामा कम्पनीले २७ प्रतिशतले निक्षप वृद्धि र २६ प्रतिशतले कर्जा वृद्धि गर्न सफल भएको जानकारी दिए । हाल कम्पनीको निक्षप छ …

पुरा पढ्नुहॊस »

नेशनल लाईफबाट एक करोड तीन लाख १५ हजारको दावी भुक्तानी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विर्तामोड झापा स्थित होटल ग्राण्ड प्यासिफिकमा एक कार्यक्रम आयोजना गरी स्व. इन्द्र प्रसाद दंगालको मृत्यू दावी भुक्तानी गरेको छ । स्व. इन्द्र प्रसाद दंगालले २०७६ साल असार ३१ गते रु ५० लाखको दोहोरो दुर्घटना लाभ सहितको १६ वर्षे अमृत वर्षा जीवन बिमालेख खरीद गरेका थिए । जसमा २०७६ साल कार्तिक ४ गते निजको दुर्घटनाका कारणबाट मृत्यु भएकोले स्व. दंगालको इच्छाइएको व्यक्ति निजको धर्मपत्नी …

पुरा पढ्नुहॊस »

नेपाल इन्स्योरेन्सले ७.८९ % लाभांश दिने

काठमाडौं । नेपाल इन्स्योरेन्सले लगानीकर्तालाई ७.८९ प्रतिशत लाभांश दिने वताएकाे छ । इन्स्योेरेन्सका अनुसार आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस र त्यसको कर प्रयोजनको लागि २.८९ प्रतिशत नगद लाभांश दिने उल्लेख गरेकाे छ । इन्स्योरेन्सले बोनसको लागि चुक्ता पुँजी १ अर्ब ८ करोड ५५ लाख ३६ हजार ६५२ रुपैयाँले हुने ५ करोड ४७ लाख ७६ हजार ८३३ रुपैयाँ छुट्याएको छ । नगद लाभांशको लागि ३ करोड १७ …

पुरा पढ्नुहॊस »

मेटलाइफले काठमाडौँको रवि भवनमा नया एजेन्सी कार्यालय उद्घाटन

काठमाडौँ । मेटलाइफले प्रदेश नं. ३ अन्तर्गत काठमाडौँको रवि भवनमा नयाँ एजेन्सी कार्यालय खोली आफ्नो संचालन विस्तार गरेको छ । कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कार्यालयहरुको उद्घाटन गरे । यो थप नयाँ कार्यालय पछि मेटलाइफको नेपालमा कुल ३१ र काठमाडौँ भित्र मात्रै १० वटा कार्यालयले पुग्ने भएको छ । याे विस्तारसँगै काठमाडौँको कलंकी तथा कालीमाटी क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान …

पुरा पढ्नुहॊस »

प्रिमियर इन्स्योरेन्सका सीईओ विश्व तिमिलाले गरे पदवहाली

काठमाडौं । प्रिमियर इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) विश्व तिमिलाले पदवहाली गरेका छन् । बीमा क्षेत्रमा करिब ४ दशकदेखि कार्यरत रहेका सीईओ तिमिलाले पुस २२ गते सीईओ पदको पदवहाली गरेका हुन् । कम्पनी संचालक समितिले सिफारिस गरेको तिमिलाको नियुक्तीलाई बीमा समितिले पुस १७ गते स्वीकृत गरेको थियो । नेको इन्स्योरेन्स कम्पनीमा सीईओको रुपमा नेतृत्व गरेका सीईओ तिमिलाले त्यसपछि केही समय सोही कम्पनीको संचालकको जिम्मेवारी सम्हालेका थिए । वि.स २०३७ साल …

पुरा पढ्नुहॊस »

प्राइम लाइफ इन्स्योरेन्सद्वारा बीमा रकम भुक्तानी

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स  कम्पनीले मृतक परिवारलाई बीमा वापत  ११ लाख रुपैयाँ भुक्तानी गरेको छ । बागलुङ्ग जिल्ला निवासी  बिमित स्वः ओम प्रसाद बि.क. ले २ वर्ष पहिले प्राइमलाइफ इन्स्योरेन्समा  बीमा गरी बैदेशिक रोजगारका लागि कतार गएका थिए । वैदेशिक रोजगारबाट छुट्टीमा घरमा आएका बिकको आफ्नै काममा बागलुङ्गको लाम्मीलाबाट घर फर्कदा जिप दुर्घटना भइ कात्तिक ८ गते मृत्यु भएको थियो ।   कम्पनीको नियमानुसार भुक्तान गर्नुपर्ने बिमाङ्क १० लाख र …

पुरा पढ्नुहॊस »

१६ देखी ६५ बर्षसम्मका व्यक्तिको लागि एलआईसीको ‘जीवन बचत’ योजना

काठमाडौं । “जीवन बिमासहितको खुसीको बचत, जीवन बचत” भन्ने सन्देशकासाथ एल.आई.सी. नेपालले ‘जीवन बचत’ नामक एकल बिमाशुल्क जीवन बिमा योजना बजारमा ल्याएको छ । कम्पनीले काठमाडौंमा आयोजना गरेको एक समारोहबीच उक्त ‘जीवन बचत’ योजनाको सार्वजनिक अनावरण बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले गरे ।१६ देखी ६५ बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बिमा योजना लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग …

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाँसगढी र कोहलपुरमा अभिकर्तासँग अन्तर्क्रिया

कोहलपुर । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा यही पुस २१ गते बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्तर्क्रिया तथा सम्मान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बिमाको महत्व वारे जानकारी दिएका थिए । सो अवसरमा स्थानीय पर्यटकीय स्थलको प्रवर्धन गरी नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन समेत सवैलाई आग्रह पनि गरिएको थियो ।

पुरा पढ्नुहॊस »