एसियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य नेप्सेमा समायोजन

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन गरिएको छ । नेप्सेमा बोनस शेयरका लागि एसियन लाइफको सेयरमूल्य समायोजन प्रतिकित्ता ४७१.६२ रुपैयाँ कायम भएको छ ।

यसअघि अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ५४० रुपैयाँ कायम भएको थियो । अब मंगलबार समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ ।

सोमबार संविधान दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको छ । लाभांश र सभा प्रयोजनका लागि कम्पनीले ४ असोजमा बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असोज २ र ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन ।

कम्पनीले आफ्नो १४ औँ वार्षिक साधारणसभा आउँदो १३ असोजमा आयोजना गर्ने निर्णय गरेको छ । सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५.२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा १४.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशतले हुन आउने नगद लाभांश छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वैशाख २२ गते शनिबार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टिङ …

प्रतिकृया दिनुहॊस