काठमाडौं । ग्लोबल आइएमई बैंक र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंन्कासोरेन्स सम्झौता भएको छ । सम्झौतासँगै बैंकका शाखाहरुमार्फत रिलायबल लाइफ जीवन बीमा योजनाहरु खरिद गर्न सकिने छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र रिलायबल लाइफका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरे ।
पुरा पढ्नुहॊस »सानिमा लाईफ इन्स्योरेन्सले गर्याे कन्चन विकाश र सृजनशिलसँग वीमा सम्झौता
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले कञ्चन विकास बैंक, महेन्द्रनगर तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्थासंग वीमा सम्वन्धि सम्झौता गरेको छ । महेन्द्रनगरमा छुटाछुटै आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट महा प्रबन्धक शिवराम तिमिल्सिना, कञ्चन विकास बैंकका तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत विरुराम जैशी तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट सहकारीका प्रमुख कार्यकारी अधिकृत मदन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे । साे संझौता अनुसार दुवै संस्थाहरुको सम्पुर्ण शाखाहरुबाट ग्राहकहरुले …
पुरा पढ्नुहॊस »मेगा बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं । मेगा बैंक नेपाल र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र मेगा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुंजेलीबीच हस्ताक्षर भयो । यस सम्झौता अन्र्तगत मेगा बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवा …
पुरा पढ्नुहॊस »एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लिलामी हुने भएको छ । कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेर १ लाख ९७ हजार ७ सय १७ कित्ता संस्थापक हकप्रद सेयर लिलामी गर्न लागेको जानकारी दिएको हो । एभरेष्ट इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुका लागि एक कित्ता बराबर १.०५ कित्ताका दरले १४ लाख ३ हजा ३ सय २५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । सोमध्ये बिक्रि नभएको करिब २ लाख कित्ता सेयर लिलाम बढाबढमा …
पुरा पढ्नुहॊस »प्रोग्रेसिभ फाइनान्सको नाफा बढ्यो
काठमाडाैँ । प्रोग्रेसिभ फाइनान्सले दोस्रो त्रैमासमा खुद मुनाफा २ करोड ४५ लाख रुपैयाँ कमाएको छ । फाइनान्सको गत वर्षको सोहि अवधिमा ८० लाख रुपैयाँ नोक्सानमा रहेको थियो । ६४ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले जगेडाकोषमा ३ करोड ७७ लाख रुपैयाँ छुटाएको छ । फाइनान्सले निक्षेपमा ७५ करोड २९ लाख रुपैयाँ संकलन गरी ७७ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । खुद व्याज आम्दानी ४१.४६ प्रतिशतले …
पुरा पढ्नुहॊस »प्रदेश नं ७मा सानिमा लाईफ इन्स्योरेन्सको शाखा विस्तार
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको शाखा प्रदेश नं ७मा विस्तार भएको छ । उक्त प्रदेशकाे अत्तरीया नगरपालिकाका नगर प्रमुख हरिसिंह साउदबाट यस कम्पनीको अत्तरीयाशाखा कार्यालय रप्रदेश नं ७ लम्की नगरपालिका नगर प्रमुख महादेव बजगाईबाट यस कम्पनीको लम्कीशाखा कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका थिए । त्यस्तै मा प्रदेश नं ७ दिपायल नगरपालिका नगर प्रमुख मन्जु मलाछीबाट दिपायल शाखा कार्यालयको उद्घाटन भएको हो । प्रदेश नं ७ बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल …
पुरा पढ्नुहॊस »मेरो माइक्रोफाइनान्सको मुनाफामा ७९ प्रतिशतले वृद्धि
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (Mero Microfinance Bittiya Sanstha Ltd.) ले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा खुद मुनाफा ६ करोड १८ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ७९ दशमलव ०७ प्रतिशतले वृद्धि गरेको हो । बैंकले गत वर्षको सोहि अवधिमा मुनाफा ३ करोड ४५ लाख रुपैयाँ कमाएको थियो । ३२ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी भएको माइक्रोफाइनान्सले जगेडाकोषमा १३ …
पुरा पढ्नुहॊस »बैंक र बीमा व्यवसायलाई छुट्याउनै मिल्दैन: बीमा समिति अध्यक्ष चापागाईँ
काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बैंक र बीमा व्यवसायलाई एक अर्कासँग छुट्याउनै नमिल्ने बताएका छन् । बुटवलमा आयोजीत बैंकिङ, बीमा र पुँजी बजार प्रदर्शनीमा बोल्दै समितिका अध्यक्ष चापागाईँले बैंक र बीमा क्षेत्र एकापसमा अभिन्न अंग भएको र यसको विकास पनि सँगसँगै अघि बढाउनुपर्ने स्पष्ट पारे । उनले मानव जीवन, सम्पत्ती, व्यवसाय, कृषि उत्पादन लगायत हरेक क्षेत्रमा हुने आर्थिक क्षती न्युनिकरण गर्न बीमाले सहयोग पु¥याउने पनि बताए । बैंकबाट …
पुरा पढ्नुहॊस »प्रदेश नं १मा सानिमा लाईफ इन्स्योरेन्सका ३ शाखा
काठमाडौं । सानिमा लाईफ इस्योरेन्सको नयाँ शाखा प्रदेश नं १मा विस्तार भएका छन् । प्रदेश नं १ का जि.स.स अध्यक्ष गणेश बरालले उक्त इन्स्योरेन्स इलाम शाखा कार्यालय उद्घाटन गरेका थिए । कम्पनीको दमक शाखा कार्यालयको उद्घाटन भएको हो । इनरुवा न.पा का नगर प्रमुख राजन मेहेताबाट इनरुवा शाखा कार्यालयको संयुक्त रुपमा रिवन काटी उद्घाटन गरेका थिए । उक्त अवसरमा कम्पनीका महा प्रबन्धक शिवराम तिमल्सिना र मुख्य प्रबन्धक गणेश चौलागाइ उपस्थिती
पुरा पढ्नुहॊस »सानिमा लाइफ इन्स्योरेन्सका ३ नयाँ शाखा
काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्सले ३ नयाँ शाखा कार्यालय विस्तार गरेको छ । इन्स्योरेन्सले इलाम, दमक र इनरुवामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । इलाम शाखा कार्यालयको उद्घाटन प्रदेश नं १ का अध्यक्ष गणेश जि.स.स बरालले गरेका छन् । त्यसैगरी,इनरुवा न.पा का नगर प्रमुख राजन मेहेताबाट इनरुवा शाखा कार्यालयको संयुक्त रुपमा उद्धघाटन गरेको छन् । शाखा कार्यालय उद्धघाटनका अवसरमा कम्पनीका महा प्रबन्धक शिवराम तिमल्सिना र मुख्य प्रबन्धक गणेश चौलागाई उपस्थिती …
पुरा पढ्नुहॊस »