आइएमई जनरल इन्स्योरेन्सको निर्जीवन बीमा सेवा सर्लाहीका कृषकसम्म

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र हरिपुर नगारपालिका सर्लाहीबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।

हरिपुर नगरपालिकाको आफ्नो सम्पूर्ण बीमाहरु लगायत नगरवासीहरुको भौतिक सम्पत्ती लगायत सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा संझौता भएको हो ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरापालीकाका नगर प्रमुख जमिरुद्धिन मन्सुरले हस्ताक्षर गरेका छन् ।

उक्त संझौता पश्चात हरपुर नगरापालिकाको सम्पूर्ण बीमा लगायत नगरवासीहरुले आफनो पशु पन्छी तथा बालिनालीको बीमा ढुक्कसंग आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरापालीकाले आफना नगरबासीहरुको पशुधन, कृषि तथा नगराबासीहरको दुर्घटना बीमा गराई आफना नगरवासीहरुलाई सदैव ढुक्क भएर आफनो व्यावसाय गर्न प्रेरणा हुने कम्पनीले बताएको छ ।

सोही अवसरमा नगर प्रमुख जमिरुद्धिन मन्सुरले आफूले आफना नगरावासीहरुकोे सम्पत्तीको कुनै क्षति भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्ससंग संझौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले अफनो सम्पत्तीको बीमा गरी ढुक्क भएर व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन पढाउन अनुरोध गरे ।

आइएमई जनरल इन्स्योरेन्सका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुरले नगरपालीकाले आफना नगरबासी लगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसंग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले आउने दिनहरुमा सबै ग्राहकहरुसंग अझै गहिरो व्यावसायिक सम्बन्ध स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ। आफ्ना …

प्रतिकृया दिनुहॊस