उत्कृष्ट म्यानेजर अवार्ड आइएमईका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई

काठमाडौं । नेपाल व्यवस्थापन संघले आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई वर्षकै उत्कृष्ट म्यानेजरबाट सम्मानित गरेको छ । प्रधानमन्त्री केपी. शर्मा ओलीले राजधानी काठमाडौंमा आयोजित नेपाल व्यवस्थापक संघको ३८औँ साधारण सभामा पोखरेललाई सम्मान गरेका हुन् ।
सम्मानपछि संक्षिप्त मन्तब्य दिँदै पोखरेलले आफुलाई प्राप्त भएको सम्मानले समस्त युवा पुस्तालाई प्रेरणा प्रदान गरेको बताउँदै सामाजिक र देश विकासको कार्यमा आफु र आफ्नो पुस्तालाई थप उत्प्रेरणा प्रदान गरेको जानकारी दिए।

नेपाल रेमिटर्स एसोसिएसन (एनआरए) का अध्यक्ष समेत रहेका पोखरेल विगत आठ वर्षदेखि आइएमईको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका छन् ।
कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका सबै क्षेत्रलाई समेट्ने गरी १ सय ९२ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ४ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफका ४०० बढी अभिकर्ताहरूले लिए इन्स्योरेन्स इस्टिच्यूट अफ इण्डियाबाट प्राविधिक प्रशिक्षण

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि। का अभिकर्ताहरू र मार्केटिङ कर्मचारीहरूलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ …

प्रतिकृया दिनुहॊस