काठमाडौं । रोल्पामा स्वास्थ्य बीमा गर्ने पुरुषको तुलनामा महिला बढी देखिएका छन् । जिल्लामा गत मङ्सिर १ गतेसम्म १२ हजार ८८१ ले स्वास्थ्य बीमा गरेकोमा त्यो सङ्ख्या महिलाको बढी छ । जिल्लामा सात हजार ९७ महिलाले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा गर्ने पुरुषको सङ्ख्या पाँच हजार ७८३ रहेको छ । जिल्लामा महिला स्वास्थ्य स्वयंसेविकालाई बीमा दर्ता सहजकर्ता तोकिएका कारण विमितको सङ्ख्या पनि महिला बढी भएका हुन् । जिल्लामा …
पुरा पढ्नुहॊस »सगरमाथा इन्स्योरेन्स र एनसीसी बैंकबीच सम्झौता
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंक बीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरे । सम्झौता पश्चात बैंकका ग्राहकहरुले सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धि सेवा बैंकका सबै शाखा कार्यलयहरु बाट लिन सकिनेछ ।
पुरा पढ्नुहॊस »सिर्जना फाइनान्सद्धारा स्वास्थ्य शिविर सम्पन्न
काठमाडाैँ । सिर्जना फाईनान्सले सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नोवेल अस्पताल बिराटनगरका विशेषज्ञ डाक्टरहरुको सहभागितामा सम्पन्न भएको शिविरमा करिब १५ सय बिरामीले स्वास्थ्य परिक्षण गराएका थिए । कञ्चनरुप नगरपालिका प्रमुख वसन्त मिश्रले विशेषज्ञ डाक्टरहरुलाई स्वागत गर्दे यस किसिमका कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गरेमा स्थानियवासिले राहत पाउने विश्वास व्यक्त गरे । सिर्जना फाईनान्सका सञ्चालक द्वय राजिव कुमार मिश्र र सुवास अचार्यले सिर्जना फाइनान्सले वैकिङ कारोबार …
पुरा पढ्नुहॊस »शिखर इन्स्योरेन्स र नेपाल बैंकबीच बीमा सेवा सम्झौता
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी र नेपाल बैकबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे र नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरे । धर्मपथस्थित बैकको प्रधान कार्यालयमा आयोजित उक्त कार्यक्रममा नेपाल बैकका सहायक प्रमुख कार्यकारी अधिकृत कृष्ण वहादुर अधिकारी ,संस्थागत योजना तथा अनुसन्धान विभागका मुख्य प्रवन्धक लेखनाथ भुसाल, प्रेस संयोजक मुकुन्द अर्याल, शिखर इन्स्योरेन्स कम्पनीका उप प्रवन्धक अन्जन ढकाल …
पुरा पढ्नुहॊस »एशियन लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच सम्झौता
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी र सिभिल बैंकबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले हस्ताक्षर गरे ।सम्झौता पश्चात बैंकका ग्राहकहरुले ७१ वटै शाखाहरुबाट सहज रुपमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रबर्दनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने विश्वास बैंकले लिएको छ ।
पुरा पढ्नुहॊस »कामना सेवाविकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । गुराँस लाइफइन्स्योरेन्स कम्पनी र कामना सेवाविकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक नगदफिर्ता जीवनवीमा सम्बन्धि सम्झौता भएको हो । सम्झौतामा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् । योजनामा सार्वधिक, आजीवन र पेन्सन जीवनबीमा योजना सहित १२ वटा जीवनबीमा योजना विक्रीगर्ने तथा बीमीतहरुलाई …
पुरा पढ्नुहॊस »जनरल इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बीमा सेवा सम्झौता
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी र कञ्चन डेभलपमेन्ट बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोट र बैङ्कका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले उक्त सहमतिपत्रमा हस्ताक्षर गरे। सम्झौता पश्चात बैङ्कका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।
पुरा पढ्नुहॊस »महालक्ष्मी विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा महालक्ष्मी बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे । उक्त सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका मुलुक भरका शाखा तथा एक्स्टन्शन काउण्टर र कार्यालय मार्फत महालक्ष्मी विकास बैंकका ग्राहकहरुले बैंकको शाखाहरुबाट छिटो छरितो तथा सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमाशुल्क भुक्तानी गर्न र दावी भुक्तानी …
पुरा पढ्नुहॊस »सगरमाथा इन्स्योरेन्स र चिरायू अस्पतालबीच सम्झौता
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र चिरायू अस्पताल बीच अस्पतालले प्रदान गर्ने सुविधाहरुमा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतामा सगरमाथा ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र चिरायू अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चण्डेश्वर नन्दराज बैद्यले स्वास्थ्यउपचार सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे। सम्झौता अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीबाट उपलब्ध गराएको भीआइपी कार्ड प्रयोगकर्ताहरुका लागि र कम्पनीका कर्मचारीहरुलाई चिरायू अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सुविधामा छुट पाउनेछन् ।
पुरा पढ्नुहॊस »कामना सेवा विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सुर्या लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा …
पुरा पढ्नुहॊस »