स्वास्थ्य

घरको डाक्टर सेवा चितवनमा पनि

काठमाडौं । घरमा दैनिकरूपमा देखिने समस्याको एकमुष्ट समाधानको उद्देश्यका साथ सञ्चालनमा आएको स्किल सेवाले चितवनमा पनि शाखा विस्तार गर्ने भएको छ । दक्ष, योग्य, विशेषज्ञ प्राविधिक जनशक्तिले हाइ-टेक डिभाइस प्रयोगबाट घरको चेकजाँच गरी समस्या पत्ता लगाउने, समस्याको कारण पत्ता लगाउने र समस्या समाधान गर्नमा स्किल सेवा अग्रसर रहेको छ । विगत पाँच वर्षदेखि उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सेवा प्रदान गर्दै आएको कम्पनीले उपत्यकाबाहिर पोखरामा पनि विगत सात …

पुरा पढ्नुहॊस »

सरकारले भाेलिबाट एक महिना ‘आयोडिन मन्थ’ मनाउने

काठमाडौँ । सरकारले भोलिबाट सुरु हुने फ्रब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’का रुपमा मनाउने भएको छ । आयोडिनको कमीबाट मानव शरीमा हुने स्वास्थ्य समस्यालाई निवारण गर्न विभिन्न जनचेतना मूलक कार्यक्रम उक्त महिनाभरी गरेर आयोडिन मन्थ मनाउन लागिएको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ । नेपाल सरकारले विगत ५९ वर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई देशभर आयोडिनयुक्त नूनको आपूर्तिको जिम्मेबारी दिएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले ग्रामीणस्तर सम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिका साथै दुईवालवालिका चिन्ह …

पुरा पढ्नुहॊस »

राजीव गान्धी र सिएमसीबीच प्रविधि आदानप्रदान सम्झौता

काठमाडाैँ । भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर तथा चितवनको सिएमसी क्यान्सर इन्स्टिच्युटबीच सीप, अनुसन्धान र प्रविधि आदनप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका निर्देशक प्रा डा सुधिरकुमार रावल र चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार राजीव गान्धीका विज्ञ चिकित्सकले सिएमसीका चिकित्सकलाई तालिम दिनुहुने चितवन मेडिकल कलेजका शैक्षिक विभाग निर्देशक प्रा …

पुरा पढ्नुहॊस »

‘नेपाल स्वास्थ्य क्षेत्रको हब बन्न सक्छ’

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले स्वदेश र विदेशमा रहेका स्वास्थ्य विज्ञबीच ज्ञान, सीप र अनुभव आदानप्रदानको वातावरण निर्माणका लागि सरकारसँग आग्रह गरेको छ । अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई भेटेर यस्तो आग्रह गरेको हो । भेटमा अध्यक्ष डा. केसीले नेपालमैत्री स्वास्थ्य नीति तर्जुमा गर्न स्वदेश र विदेशमा रहेका स्वास्थ्य विज्ञलाई एकै स्थानमा ल्याउन जरुरी भएको बताउनुभयो । नेपालबाट अर्बौं रुपैयाँ स्वास्थ्य सेवा तथा सामग्रीका …

पुरा पढ्नुहॊस »

बढ्यो इन्फ्लुएन्जाको जोखिम, कसरी जोगिने ?

काठमाडौँ । जाडोयामसँगै इन्फ्लुएन्जा (फ्लु) सङ्क्रमण जोखिम बढेको छ । जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुँने गर्दछ । दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको सङ्क्रमण बढी हुने गर्दछ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका इन्फ्लुएन्जाका फोकलपर्सन डा मिलन ब्रजाचार्यले रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई सङ्क्रमणको जोखिम बढी हुने गरेको बताउछन् । ‘दिर्घरोगी बिरामीलाई इन्फ्लुएन्जाले फोक्सोमा असर गरेर निमोनिया जस्ता …

पुरा पढ्नुहॊस »

नर्भिकमा पनि मिर्गाैला प्रत्यारोपण सेवा

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले पनि मिर्गाैला प्रत्यारोपण सेवा सुरु गरेको छ । नर्भिकले हालसम्म दुई व्यक्तिको मिर्गाैलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको जनाएको छ । मिर्गाैला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उहाँकी ५५ वर्षीया पत्नीने दान दिएको मिर्गाैला सफलतापूर्वक प्रत्यारोपण गरेको हो । त्यस्तै, हस्पिटलले ५४ वर्षीय अर्का पुरुषमा उहाँकी ३० वर्षीया छोरीले दिएको मिर्गाैलाको पनि सफल प्रत्यारोपण गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । नर्भिकका …

पुरा पढ्नुहॊस »

यस्ता छन् चिसो मौसममा सुन्तला खानुका फाइदा

काठमाडौं । सुन्तलाको नाम लिने वित्तिकै तपाईको मुख रसाउँछ होला । अहिले सुन्तला खाने सिजन पनि हो । जाडो मौसममा न्यानो घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । साथीभाइसँग घाम ताप्दै सुन्तला खाँदा स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक छ। सुन्तलामा भिटामिन सी प्रशस्त पाइन्छ। सुन्तला भिटामिन ‘सी’ को प्रमुख स्रोत पनि हो। भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ। …

पुरा पढ्नुहॊस »

३० लाख ‘डोज’ फाइजर खोप ल्याउँदै सरकार

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको बुस्टर डोज दिनका लागि ३० लाख डोज फाइजर खोप ल्याउने तयारी गरेको छ । कोभ्याक्स सुविधामार्फत ३० लाख डोज खोप दुई साताभित्र ल्याउने तयारी भएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिएका छन् । अल्ट्रा कोल्डचेनको क्षमतालाई हेरेर अहिलेलाई ३० लाख डोज ल्याउन लागिएको र थप खोप निरन्तर ल्याइने चौरसियाले बताए । योसँगै सरकारले चौंथो डोज खोप दिने तयारी गरेको छ, …

पुरा पढ्नुहॊस »

आईपीओ निष्काशनको तयारीमा रहेको नर्भिक अस्पतालले बोलायो साधारणसभा

काठमाडाैँ । आईपीओ निष्काशनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिकले वार्षिक साधारणसभा आह्वान गरेको छ। केही दिनअघि बसेको नर्भिक इन्टरनेशनल हस्पिटलको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते शुक्रबारका दिन वार्षिक साधारणसभा आह्वान गरेको हो। साधारणसभा थापाथलीस्थित बीएलसीको सभाकक्षमा हुने अस्पतालकी कम्पनी सचिव सलुजा श्रेष्ठले जानकारी दिइन्। साधारणसभाले सञ्चालक समितिबाट भएको प्रस्तावबमोजिम आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णयलाई अनुमोदन गर्नेछ । …

पुरा पढ्नुहॊस »

स्वास्थ्य मन्त्रालयले भन्यो- ‘छिमेकी मुलुकमा कोरोना संक्रमण बढ्यो, बुस्टर डोज लगाऊँ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्डया मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा। सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन् । छिमेकी मुलुकमा देखिएको बिएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सीमानाका कारणले नेपालमा भित्रिन सक्ने भएकाले सजगता अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा हालसम्म नयाँ प्रजातिको बिएफ–७ नामक भाइरस देखिएको छैन …

पुरा पढ्नुहॊस »