नेपाल औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी

काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा विप्लव अधिकारी चयन भएका छन् । सोमबार भएको साधारण सभाबाट संघको नयाँ कार्यकालका लागि अधिकारी सर्वसम्मतले चयन भएका हुन् ।

अध्यक्ष पदका लागि प्रतिष्पर्धामा रहेका संघका पूर्वअध्यक्ष समेत रहेका दीपक दाहालले उम्मेवारी फिर्ता लिएपछि अधिकारी अध्यक्षमा चयन भएका हुन् । एपोनको नयाँ कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा प्रभात रुङ्गटा, उपाध्यक्षमा पृथ्वीराज भण्डारी, महासचिवमा सन्तोष बराल चयन भएका छन् ।

सचिवमा गिरिजा पाठक, कोषध्यक्षमा सुमित चन्द्र श्रेष्ठ निर्विरोध चयन भएका छन् भने सदस्यमा शैलेश वैद्य, पंकज कुमार तिवारी, ईश्वर कुमार भण्डारी, शरदचन्द्र ओझा, सजल राज रेग्मी र प्रवल दाहाल चयन भएका संघले जनाएको छ । स‌ंघको निवर्तमान अध्यक्ष महेश प्रसाद प्रधान रहेका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री