मनॊरञ्जन

DishHomeको Reality TV मा चम्सुरीसगँ चिया गफ

काठमाडौं। DishHomeको Reality TV च्यानल १०२ ले हरेक शुक्रबार साँझ ७स्३० बजे चम्सुरीसगँ चिया गफ प्रशारण गर्ने भएको छ । विगत १५ बर्ष देखि चम्सुरीूको उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोलले कार्यक्रम सन्चालन गर्दै छिन। बिणभ क्रियसनद्वारा निर्माण र संचारकर्मी तथा सिने निर्देशक समिर जोशीको निर्देशनमा मा ख्याति प्राप्त कलाकारसँग तिठामिठा ,रमाईलो अनि घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुनेछ्। कार्यक्रम को पहिलो भाग यही माघ २३ गते देखी प्रशारण हुनेछ।

पुरा पढ्नुहॊस »

गायक मनोज राज र सुजता वर्माको ‘बेदनाको भेल’

काठमाडौं । गायक मनोज राज र सुजता वर्माको स्वरमा समावेश ‘थोरै खुशी’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा  गजित बिष्ट र आरोही शर्मालाई हेर्न सकिन्छ । नवराज उप्रेतीको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो हेमप्रकाश अधिकारीले  निर्देशन गरेका हुन् ।

पुरा पढ्नुहॊस »

विवाह गर्दै अञ्जु पन्त

काठमाडौं।  गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिँने भएकी छिन् । अञ्जुले  प्रेमी थिर कोइरालासँग विवाह गर्न लागेकी हुन् । अञ्जुले  एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी हुन् । अञ्जुको   थिरसँगको एक अन्तरवार्ताको क्रममा  भेट भएको थियो । त्यसपछि उनीहरु नजिक भएका थिए ।

पुरा पढ्नुहॊस »

‘चिसो मान्छे’का लागि बाजुराको भाषा सिक्दैछिन् स्वस्तिमा

काठमाडाै । नायिका स्वस्तिमा खड्का ‘पल्पसा क्याफे’ उपन्यासमा आधारित रहेर मञ्चन हुन लागेको नाटक ‘पल्पसा’मा अभिनय गर्ने भएकी छिन् । यो नाटक मञ्चन हुनु भन्दा अगाडि चलचित्र ‘चिसो मान्छे’को छायांकनमा उनी व्यस्त हुने भएकी छिन् । यो चलचित्रमा स्वस्तिमा खड्का तथा अर्पण थापाको मुख्य भूमिका रहनेछ । दीपेन्द्र के खनालको निर्देशनमा बन्दै गरेकाे चलचित्रले बैदेशिक रोजगारमा पुगेर ज्यान गुमाउने नेपालीको कथा वताउनेछ । यो चलचित्रको अहिले वर्कशप चलिरहेको छ । …

पुरा पढ्नुहॊस »

गर्भवती करिनाको योगा, यस्ता तस्वीर खिचेकाे भन्दै तारिफ र गालीकाे वर्षा

एजेन्सी । बलिउड नायिका करिना कपुर खान दोश्रो पटक आमा बन्दैछिन् । नायक सैफअली खानसँग बिहे गरेपछि करिनाले पहिलो सन्तानको रुपमा तैमुरलाई जन्म दिइन् । करिनाले गर्भवती भएपछि विज्ञापनमा सक्रिय थिइन् । सपिङ गर्दै गरेको फाेटाेहरु सामाजिक स‌जालमा आएका थिए । करिनाले सामाजिक संजाल इन्स्टाग्रामबाट गर्भवती अवस्थाकाे योगा गर्दै गरेको तस्वीर सार्वजनिक गरेकी छिन् । बेबी बम्प सहित करिनाले तस्वीर सार्वजनिक गर्दै योगाले मनलाई शान्त वताएकी छिन् । करिनाले सार्वजनिक गरेको …

पुरा पढ्नुहॊस »

प्रविन र रंगिलाको ‘थोरै खुशी’ सार्वजनिक

काठमाडौं । गायक प्रविन बेडवाल र गायिका रंगिला बटालाको स्वरमा समावेश ‘थोरै खुशी’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा  कुलदिप अधिकारी, कविता न्यौपाने र समृद्धि निरौलालाई हेर्न सकिन्छ । श्याम तामाङको छायाँकन, विकाश दाहालको सम्पादन रहेको भिडियो काजी लिम्बु र श्याम लामाले मिलेर निर्देशन गरेका हुन् ।

पुरा पढ्नुहॊस »

रानी र प्रमोदको ‘चल्यो मायाको बतास

काठमाडौं । गायिका रानी शाक्य र गायक प्रमोद खरेलको स्वरमा समावेश ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीलाई हेर्न सकिन्छ । गीतमा विकास चौधरीको संगीत छ भने हरि उप्रेतीको शब्द रहेको छ । भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेष बज्रचार्यको छायांकन, माधव बेलवासेको सम्पादन र प्रहिल कार्कीको निर्देशन छ ।

पुरा पढ्नुहॊस »

प्रमोदको ‘उनको हात मेरो सिरानी’ सार्वजनिक

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘उनको हात मेरो सिरानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा  लक्ष्मी वर्देवा, दिना घिमिरे र  रमेश घिमिरेलाई हेर्न सकिन्छ । गीतमा महेश खड्काको संगीत छ भने  रमेश घिमिरेको शब्द रहेको छ ।

पुरा पढ्नुहॊस »

रचना र प्रविनको ‘तिमी कस्की छोरी’

काठमाडौँ । गायिका रचना रिमाल र गायक प्रविन वेडवालको स्वरमा समावेश ‘तिमी कस्की छोरी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा  नायिका सुरक्षा पन्त र शम्भु घिमिरेलाई हेर्न सकिन्छ । गीतमा  दीपक शर्माको शब्द तथा संगीत छ ।

पुरा पढ्नुहॊस »

डिशहोम रियालिटि टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’

काठमाण्डौं। मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आइतबारबाट डिशहोमको रियालिटि टिभी (च्यानल नं. १०२) मा रियालिटी शो ‘कलाको मेला’ सुरु भएको छ । हरेक साता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने ट्यालेन्ट शो १८ ऋंखलाको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्याङ्कन गर्ने काम निर्णायक मण्डलले गर्नेछ । डिश मिडिया नेटवर्कको प्रस्तुति यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने विश्वास गरिएको छ ।

पुरा पढ्नुहॊस »