मनॊरञ्जन

चलचित्र ‘मनसँग मन’को ‘मेरो त भाग्य’ सार्वजनिक

काठमाडौं ।  चलचित्र ‘मनसँग मन’को ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा पल शाह ,पुजा र्शमा, पुष्प खड्का, नायिका वर्षा राउतलाई हेर्न सकिन्छ । गीतमा  डेभिड शंकर र भावना थापाको स्वर, दिपक शर्माको संगीत र विपिन किरणको शब्द रहेको छ । गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् भने रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन यो भिडियोमा छ । चलचित्रमा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि …

पुरा पढ्नुहॊस »

‘एउटा यस्तो प्रेम कहानी’को ट्रेलर

काठमाडौं । चलचित्र ‘एउटा यस्तो प्रेम कहानीको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा नायक शिव श्रेष्ठको एक्सन र गीत मात्र समावेश गरिएको छ । शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, मिथिला शर्मा, बसुन्धरा भुषाल, नरेन खड्का लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र माघ १ गतेबाट रिलिज हुँदैछ ।

पुरा पढ्नुहॊस »

नेटटीभी सिनेप्लस

काठमाडौं ।नेपालको पहिलो आइपिटीभी सेवा प्रदायक नेटटीभीले आफ्ना ग्राहकहरुका लागि नियमित रुपमा हिन्दी/अंग्रजी चलचित्रहरु, टीभी सिरियलहरु र टीभी शोजस्ता मनोरन्जनात्मक सामग्रीहरु सहितको नेटटीभी प्राइम प्याकेज उपलब्ध गराउदै आइरहेको छ । सन २०२० को अगष्टमा प्राइम प्याकेज अन्र्तगत लोकप्रिय ओटीटी (ओभर द टप) हंगामा एप मार्फत अंग्रेजी र हिन्दी चलचित्रहरु, वेभ श्रंखलाहरुको ठूलो संग्रहबारे परिचित गराएको थियो, जुन प्याकेज प्रति महिना ९९ रुपैयाँमा नेटटीभी सेट टप बक्स भएका ग्राहकले लिन सक्छन् …

पुरा पढ्नुहॊस »

डिशहोम रियालिटी टिभी च्यानलमा ‘ बेस्सरी हाँसौं’ हास्य कार्यक्रम प्रशारण हुदै

काठमाडौ । डिशहोमको रियालिटी टिभी च्यानल १०२ ले अब स्ट्यण्डअप हास्य कार्यक्रम ‘बेस्सरी हाँसौं’ हरेक मंगलबार राति ८ः३० बजे प्रशारण हुने भएको छ । कार्यक्रमको पहिलो भाग यहि पौष २८ गते प्रशारण हुँदैछ भने पुन प्रशारण कमेडि प्लस च्यानलमा पनि हेर्न सकिनेछ । डिशमिडिया नेटवर्कको लागी पायोनियर मिडियाले उत्पादन गरेको ‘बेस्सरी हाँसौं’ मा गणेश राई, विश्वजीत देउजा, सारा अधिकारी, सोमराज रावल लगाएत अन्य हास्य कलाकारहरुले आफ्नो प्रस्तुति पस्केका छन । …

पुरा पढ्नुहॊस »

अब नेपाली भाषामा कोरियन सिरिज हेर्नुहोस् रियालिटी टिभीमा

काठमाडौं । नेपालमानै पहिलो पटक डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुँदैछ । पुष २७ गते सोेमवार देखि हरेक सोमबार बेलुकी ८ः३० वजे  Bride of the Century नामक सिरिज प्रशारण हुनेछ । रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेज देखि उपलव्ध गराईएको छ ।

पुरा पढ्नुहॊस »

पुष २५ गते देखि रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुँदै

काठमाडाै ।डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा पुष २५ गते शनिवार हलिउड चलचित्र Flight 192 प्रशारण हुँदैछ । अव हरेक शनिबार दिउँसो २ वजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुनेछ। रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेज देखि उपलव्ध गराईएको छ ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘एउटा यस्तो प्रेम कहानीको शिर्ष गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘एउटा यस्तो प्रेम कहानीको शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शक्ति श्रेष्ठ र कविता मानन्धरलाई देख्न सकिन्छ । शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, मिथिला शर्मा, बसुन्धरा भुषाल, नरेन खड्का लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र माघ १ गतेबाट रिलिज हुँदैछ ।

पुरा पढ्नुहॊस »

गायिका मेलिना राईको आवाजमा ‘जाले रुमाल बैना’

काठमाडौं ।  गायिका मेलिना राई र गायक पुरुषोत्तम गैरेको आवाजमा ‘जाले रुमाल बैना’ बोलको गीत सार्वजनिक भएको छ । बिमल पौडेलको शब्द रहेको गीतमा संगीत गायक गैरेकै छ । गीतको   भिडियोमा रियाशा दाहाल र अर्जुन न्यौपानले अभिनय गरेका छन् । भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी गरेका हुन् । अर्जुन तिवारी र टिमको छायाँकन रहेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् ।

पुरा पढ्नुहॊस »

गायक शिव परियारको ‘तिम्रो याद भुलाउन’

काठमाडौं । गायक शिव परियारको स्वरमा   रहेको ‘तिम्रो याद भुलाउन’को  गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उमेश रेग्मीको शब्द तथा संगीतमा तयार भएको भिडियोमा नरेश भट्टराई र साक्षी लम्सालले अभिनय गरेका छन् । गीतको भिडियोमा यूवराज वाइवाको निर्देशन रहेको छ ।विकास दाहालको सम्पादन रहेको भिडियोमा निसाल पौडेलको छायांकन छ ।

पुरा पढ्नुहॊस »

नायिका प्रियंका कार्की, कुशल र डिमोनको ‘हेल्लो माया’

काठमाडौं । नायिका प्रियंका कार्की, मोडलद्धय कुशल विष्ट र डिमोन क्षेत्री अभिनित ‘‘हेल्लो माया’को’ बोलको गीत रिलिज भएको छ । दिनेशकुमार थपलियाको शब्द, प्रताप दास र स्मिता दाहालको स्वर रहेको गीतमा सुवास भुषालको संगीत छ । सुनिल क्षेत्रीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, अमन मानन्धरको सम्पादन छ ।  

पुरा पढ्नुहॊस »