मनॊरञ्जन

दिया मिर्जाले दोश्रो बिहे गर्दै

काठमाडाैँ । बलिउड नायिका दिया मिर्जा आज वैवाहिक जीवनमा बाँधिदै छिन् । उनले आफ्ना प्रेमी व्यापारी वैभव रेखीसँग दोश्रो बिहे गर्न लागेकी हुन् । यसअघि दियाले सन् २०१४ मा व्यापारी साहिल संघासँग बिहे गरेकी थिइन् । तर, उनीहरुको वैवाहिक जीवन टुटेको थियो । दियाले सोसल मिडिया पोस्टमार्फत् आफ्नो सम्बन्धविच्छेदबारे जानकारी दिएकी थिइन् ।

पुरा पढ्नुहॊस »

प्रियंकाको ‘फूल भन्दा कोमल’

काठमाडौं।  गायिका एलिना चौहानको स्वरमा समावेश ‘फूल भन्दा कोमल’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा  नायिका प्रियंका कार्की र विकेश शाहीलाई हेर्न सकिन्छ । गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । ओम सुनारको शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा कृष्ण पाण्डेको छायांकन, सुशान्त बस्नेतको सम्पादन छ ।

पुरा पढ्नुहॊस »

सुदिपले गरे समिक्षालाई मायाको इशारा

काठमाडाै । पछिल्लो समय एकपछि अर्को उत्कृष्ट गित निकाल्दै आएका नेपाली सिनेमा जगतमा चर्चित चलचित्रका सह-निर्देशक सुदिप कुवरको नयाँ गीत “मायाले इशारा” बोलको गीत सार्वजनिक गरेका छन । आफ्नै शब्द संगीत रहेको गितमा स्वयम आफू अनि पछिल्लो समय सांगीतिक क्षेत्रमा निकै रुचाएको आवाज समिक्षा अधिकारीको आवाजमा रहेको गित दर्शक सामु लिएर उपस्थित भएका छन् । चलचित्र क्षेत्रमा सह-निर्देशक गर्दै आएको र अहिले पछिल्लो समयमा आफ्नो एक पछि आर्को उत्कृष्ट गितमा …

पुरा पढ्नुहॊस »

चलचित्र‘कृष्ण लीला’ को पहिलो गीत सार्वजनिक

काठमाडौँ । चलचित्र‘कृष्ण लीला’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘कुनै दिन’ बोलको  गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । पुरुषोत्तम ढुंगेल र नारायण सापकोटाको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । दीपक ओलीको निर्देशन रहेको चलचित्रमा ‘कृष्ण लीला’ मा पुष्प र श्रद्धाका अलावा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

पुरा पढ्नुहॊस »

कोरियन सिरिज The King is in Love हेर्नुहोस् डिशहोमको रियालिटी टिभीमा

काठमाडौँ । डिशहोमले यहि माघ २९ गते देखि नयाँ कोरियन सिरिज The King is in Love प्रशारण गर्न लागिरहेको छ । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक विहिवार राती ८ः३० वजे The King is in Love नामक सिरिज नेपाली भाषामा प्रशारण हुँदैछ । डिशहोमले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सहित थप मनोरञ्जन र नेपाली दर्शकलाई सिरिजको दुनियामा नौलो र फरक स्वाद दिने उद्देश्यका साथ कोरियन सिरिजलाई नेपाली भाषामा प्रशारण गरिरहेको …

पुरा पढ्नुहॊस »

वासुदेव केसीको ‘टुना मुना’ सार्वजनिक

काठमाडौं ।    गायक वासुदेव केसीको ‘टुना मुना’ सार्वजनिक गरेका छन् । गीतमा विद्या तिवारीकोको स्वर रहेको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा जेविका कार्की र राजिव थापालाई हेर्न सकिन्छ । गीतमा शब्द  तथा संगीत हरि लम्सालको रहेको छ ।

पुरा पढ्नुहॊस »

आशा लिम्बूको ‘आमाको दुःख’

काठमाडौं । आशा लिम्बूको पहिलो गीत ‘आमाको दुःख’  सार्वजनिक भएको छ । टीकाराम पौडेलको शब्द तथा आसुतोष राईको संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।गीतको भिडियोमा गायिका आशा लिम्बूलाई हेर्न सकिन्छ ।

पुरा पढ्नुहॊस »

‘लप्पन छप्पन २’को टिजर रिलिज

काठमाडौँ । चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रमा सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । यो चलचित्र चैत्र २७ गतेबाट रिलिज हुँदैछ ।

पुरा पढ्नुहॊस »

करिश्मा महानायिका घाेषित

काठमाडौं । आरके इन्टरटेनमेन्टले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा नायिका करिश्मा मानन्धरलाई महानायिकाको उपाधि दिएको छ । एक दशकअघि आरके इन्टरटेनमेन्ट समूहले नै नायक राजेश हमाललाई महानायक घोषणा गरेको थियो। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा करिश्मालाई राजेश हमाललगायतले महानायिका देखिने क्राउन लगाइदिएका थिए। नेपाली रजतपटमा तीन दशकदेखि छाएकी करिश्माले २०४५ सालमा चलचित्र ‘सन्तान’बाट नायिकाको रूपमा डेब्यु गरेकी थिइन्। कार्यक्रममा केही ख्याति कमाएका व्यक्तित्वहरूलाई सम्मान प्रदान पनि गरिएको थियो। कलाकार नीर शाह, लोडसेडिङ …

पुरा पढ्नुहॊस »

DishHomeको Reality TV मा चम्सुरीसगँ चिया गफ

काठमाडौं। DishHomeको Reality TV च्यानल १०२ ले हरेक शुक्रबार साँझ ७स्३० बजे चम्सुरीसगँ चिया गफ प्रशारण गर्ने भएको छ । विगत १५ बर्ष देखि चम्सुरीूको उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोलले कार्यक्रम सन्चालन गर्दै छिन। बिणभ क्रियसनद्वारा निर्माण र संचारकर्मी तथा सिने निर्देशक समिर जोशीको निर्देशनमा मा ख्याति प्राप्त कलाकारसँग तिठामिठा ,रमाईलो अनि घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुनेछ्। कार्यक्रम को पहिलो भाग यही माघ २३ गते देखी प्रशारण हुनेछ।

पुरा पढ्नुहॊस »