निर्माता यशोदा राई भन्छिन्- सामाजिक सञ्जालको बहसले लाखौँ पल जन्माउँदै, गायिकाको जीवन रक्षा कसले गर्ने ?

काठमाडौँ । चलचित्र निर्माता एवं मानव अधिकारकर्मी यशोदा राई तुम्बाहाम्फेले नायक पल शाह र यौन दुर्व्यवहारमा परेकी गायिकाका विषयमा सामाजिक सञ्जालमा बहस नगर्न आग्रह गरेकी छन् । पछिल्लो समय नायक शाहविरुद्ध लागेको गम्भीर प्रकृतिको बाल यौन दुर्व्यवहार सम्बन्धी मुद्दाको विषयमा सामाजिक सञ्चालनमा बहस चुलिएको प्रति ध्यानाकर्षण भएको बताइन् ।

नेपालको कला, संस्कृति र चलचित्र उद्योगलाई नै प्रभावित पार्ने गरी भएका पक्ष विपक्षको बहसले अझै पनि समाजमा नारी माथि हेर्ने दृष्टि कोणलाई प्रस्ट बनाएको उनको भनाई छ । आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा राख्दै अधिकारकर्मी राईले नायक शाहलाई हदै सम्मको कारबाहीको माग गरिन । सामाजिक सञ्चालनमा चलेको बहसले वालिका गायकीमाथि ठुलो असर पर्ने भन्दै यस्ता तर्क गर्न बन्द गर्नुपर्ने उनको भनाई छ । दोषीमाथि कारबाही गर्ने कानुन हुँदा हुँदै सामाजिक सञ्चालनमा बहस जायज नभएको उनको तर्क छ ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्- ‘नाबालिगका गायिकामाथि करणी गरेको आरोप लागेका पल शाहको पक्षमा बहस गर्नेहरू देख्दा घृणा लाग्छ । पल शाह वास्तवमै दोषी हो, के सही के गलत निर्णय गर्न नसक्ने बालिकालाई प्रलोभनमा पारी करणी गरी शारीरिक र मानसिक रूपमा विक्षिप्त बनाउने शाह जस्तो जघन्य अपराधीलाई हदैसम्मको सजाय हुनु पर्छ । कोही पनि लोकप्रिय हुँदैमा अपराध गर्ने छुट कानुनले दिँदैन, एक पल शाहलाई छुट दिनु भनेको लाखौँ पल शाह उत्पत्ति हुनु हो र समाजका लाखौँ नाबालिगहरू असुरक्षित हुनु हो ।’

अभिनेता शाह वाल यौन दुर्व्यवहारको मुद्दामा अहिले तनहुँ प्रहरीको हिरासतमा छन् । अहिले उनको पक्ष विपक्षमा सामाजिक सञ्जालमा बहस जारी छ । यसैबीच उनले पछिल्लो समय जारी बहसको पक्ष विपक्षमा प्रेस काउन्सिलको विज्ञप्ति प्रति स्वागत गरिन् । अनावश्यक बहसका कारण गायिकामाथि मानसिक असर परेको भन्दै उनको रक्षाका लागि सबै नारी एक हुन आग्रह गरिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री