कोसँग ‘लभ’ छ भन्ने कुरा कानुनलाई मतलब हुनु हुँदैन : रेखा थापा

काठमाडौँ । अभिनेत्री रेखा थापाले २० वर्षमुनिका बालिकाहरूलाई समाजले संरक्षण दिनुपर्ने बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत २० वर्षमुनिका छोरीहरू बालिका भएकोले समाजले उनीहरूलाई संरक्षण दिनुपर्ने बताएकी हुन् ।

राप्रपा नेतृसमेत रहेकी थापाले कोसँग ‘लभ’ छ भन्ने जस्ता नैतिकतावादी कुरा कानुनलाई मतलब हुननहुने समेत उल्लेख गरेकी छन् । ‘२० वर्ष मुनिका छोरीहरू बालिका हुन्, बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरूलाई संरक्षण गर्नु हो,’ अभिनेत्री थापाले भनेकी छन्, ‘को सँग लभ छ ? कतिपटक यौन सम्पर्क भयो ? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन ।’

नेपालमा महिलामाथि नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन अहिले पनि व्याप्त रहेको उनको बुझाई छ । ‘केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रूपमा नेपालमा व्याप्त छ,’ थापाले लेखेकी छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री