मनॊरञ्जन

इलामका टिका मगरलाई ‘हल अफ फेम सिजन २’ को उपाधि !

काठमाडौँ । एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगीता हल अफ फेम सिजन २ को उपाधि ईलामका टिका मगरले जितेका छन् । शनिबार भएको ग्रान्ड फिनालेमा आफुसँगगका दुई प्रतिस्पर्धीलाई पन्छाउँदै टिका मगर विजेता बनेका हुन् । टिकासँगै ललितपुरका पूर्ण विक र बुटवलका विजय सुनारले फाइनल प्रतिस्पर्धी रहेका थिए । नारायण गोपालको ’तिमिलाई म के भनूँ’ गीतको अडियो क्लिप पठाएर सहभागीता जनाएका टिका मगर टप ५०, टप २७ टप टप ६ …

पुरा पढ्नुहॊस »

कबड्डी ४ बन्ने, होला त काजीको बिहे ?

काठमाडौँ । चलचित्र कबड्डीको अन्तिम भाग बन्ने भएको छ । निर्देशक राम बाबु गुरुङले सामाजिक सञ्जालमा ‘फाइनल म्याच’ भन्दै एक तस्बिर सार्वजनिक गरेका छन् । उनका अनुसार चलचित्र आगामी वर्ष २०७८मा प्रदर्शनमा आउने छ । गुरुङले कबड्डी ३ को एक कार्यक्रममा ‘काजीलाई एक्लै बनाउन त भएन’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही भनाइलाई आधार मान्ने हो भने चलचित्र काजीको विवाहमा गएर टुङ्गिन्छ । चलचित्रमा मुख्य भूमिकामा दयाहांग राई नै रहने …

पुरा पढ्नुहॊस »

हल अफ फेम सिजन २ को सेमिफाईनल आजराति ८ बजे

काठमाडौं । एमएनटीभी अष्ट्रेलियाले आयोजना गरेको प्रतिभा प्रोत्साहन कार्यक्रम अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतिस्पर्धा हल अफ फेमको सिजन २ निष्कर्षतिर अघि बढेको छ । गएको जनवरी पहिलो साताबाट सुरु भएको कार्यक्रममा सैयौं प्रतिस्पर्धीको होडमा उत्कृष्ट ५० छानिएका थिए । ति उत्कृष्ट ५० मध्येबाट टप २७, टप ९ हुँदै शुक्रबार टप ६ प्रतिस्पर्धीहरुको गायनकला हेर्न पाइनेछ । टप ६ मा को पुगेको छ भन्ने थाहा पाउन आज शुक्रबारको हल अफ फेमको एपिसोड …

पुरा पढ्नुहॊस »

गायिका रचना रिमालको‘टिकटकी क्विन’ बोलको गीत सार्वजनिक

काठमाडौं । गायक कृष्ण ढकाल र गायिका रचना रिमालको स्वरमा ‘टिकटकी क्विन’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा  पल शाह, दुर्गेस थापा, गरिमा शर्मा, रुची विश्वासलाई हेर्न सकिन्छ । तिलक बस्नेतको यो गीतमा शब्द तथा संगीत छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन तिवारीको छायांकन, विवेक सुनारको सम्पादन, राजिव समरको कोरियोग्राफी छ ।

पुरा पढ्नुहॊस »

वैवाहिक जीवनमा बाँधिए अन्जु र थिर

काठमाडौं । गायिका अञ्जु पन्तले प्रेमी थिर कोइरालासँग बुधबार विवाह गरेकी छिन् । उनीहरु एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । अञ्जु र थिरबीच एक टेलिभिजन कार्यक्रमका सिलसिलामा भेट भएको थियो । थिरले सञ्चालन गर्ने गरेको ‘टक सो’मा अञ्जु अतिथि भएर गएकी थिइन् । उनीहरु दुवैजनाले क्रिश्चियन धर्म मान्दै आएका छन् । बुधबार पाटनको एक चर्चमा उनीहरुको विवाह भएको बुझिएको छ । केही समयअघि मात्रै उनीहरुको प्रेम सम्बन्धबारे खुलासा भएको …

पुरा पढ्नुहॊस »

प्रताप दासको ‘हँसाउने उही छ’

काठमाडौं । गायक प्रताप दासको स्वरमा ‘हँसाउने उही छ’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा  कलाकार पुष्पराज पुरुष, उत्तम केसीलाई हेर्न सकिन्छ । देवेन्द्र पाण्डेले निर्देशन रहेको भिडियोमा चक्र बरालको छायांकन र विकाश दाहालको सम्पादन छ । चन्द्र प्रसाई ‘परिस्कृत’को शब्द रहेको गीतमा राजेन्द्र सुवेदीको संगीत छ ।

पुरा पढ्नुहॊस »

धिरेन्द्र प्रेमशी, टिका पुन लगायतका कलाकारलाई सम्मान

काठमाण्डौ । लामो सययदेखि कला,साहित्य तथा विभिन्न क्षेत्रमा क्रियाशील रहेर समाज बिकासमा उत्कृष्ठ योगदान गरेका ब्यत्तित्वलाई परिवार दलले सम्मान गरिएको छ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई राजधानीमा आयोजित छुटा छुटै कार्यक्रमा सम्मान गरेका हुन् । नेपाल प्रज्ञा प्रतिस्ठानका, सिस्नुपानी नेपालका सदस्य कलाकार धिरेन्द्र प्रेमसी झा, लोक तथा आधुनिक गायिका टिका पुन, मैथली भाषाबिज्ञ रुपा झा, कलाकार उदिराम खड्का, एन्जल श्रेष्ठ लगायतलाई सम्मान गरेका हुन् । …

पुरा पढ्नुहॊस »

दीपेन्द्रको ‘वरदान’ मा दयाहाङ र नम्रता

काठमाडौँ ।  नायक दयाहाङ राई र नायिका नम्रता श्रेष्ठले एउटा सर्ट चलचित्रमा अभिनय गरेका छन् । दयाहाङ र नम्रताले लामो समयपछि एउटै फिल्ममा काम गरेका हुन् । चलचित्रमा नम्रता र दयाहाङसहित प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले अभिनय गरेका छन् । चलचित्रमा  शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेस श्रेष्ठको संगीत छ ।

पुरा पढ्नुहॊस »

रानीको ‘सुनसान मन’सार्वजनिक

काठमाडाैँ  । गायिका रानी शाक्यको  गीत ‘सुनसान मन’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा  नायिका केकी अधिकारीलाई हेर्न सकिन्छ । राजेश शाक्यको शब्द तथा ओम कर्मचार्यको संगीत छ । भिडियोमा रामेश्वर हुमागाँइको छायांकन प्रेम शर्माको सम्पादन छ ।

पुरा पढ्नुहॊस »

दोश्रो पटक आमा बनिन् करिना

एजेन्सी / बलिउडकी अभिनेत्री करिना कपूर खान दोश्रो पटक आमा बनेकी छिन् । आज बिहान उनले मुम्बइको ब्रिच क्यान्डी अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । नायक सैफअली खानसँग बिहे गरेपछि करिनाले पहिलो सन्तानको रुपमा तैमुरलाई जन्म दिएकी थिइन् । उनीहरुको पहिलो सन्तानको रुपमा तैमूर ३ वर्षका भईसकेका छन् । करिनाले कुनै समय तैमूर ३ वर्ष पूरा भएपछि अर्को बच्चाको प्लान गर्ने बताएकी थिईन् ।

पुरा पढ्नुहॊस »