मनॊरञ्जन

‘मिसेस नेपाल वर्ल्ड’ आयोजनाकाे तयारी

बिबाहित महिलाकाबीच आयोजना गरिँदै आएको मिसेस नेपाल इन्टरनेसनलको आयोजक संस्थाले अब मिसेस नेपाल वर्ल्ड आयोजना गर्ने भएको छ। विभिन्न वर्ग र उमेरका प्रतिभाशाली व्यक्तिहरुको व्यत्तित्व र क्षमता बृद्धिका लागि विभिन्न प्रतिभामुलक स्पर्धा तथा सौन्दर्य प्रतियोगिता गर्दै आएको रिबन इन्टरटेनमेन्टले सो प्रतियोगिताका विजेतालाई अमेरिकाको लस भेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाएसँगै अब मिसेस नेपाल वर्ल्ड आयोजना हुने भएको हो। रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त …

पुरा पढ्नुहॊस »

मर्कुश दासको पहिलो म्युजिक भिडियो

काठमाडौं  ।गायक कर्ण दासका छोरा मर्कुश दासले  पहिलो म्युजिक भिडियो लिएर आएका छन्। थाहा छैन’ बोलको गीत  युट्युबमार्फत  सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत कुशल पोखरेलको छ। पहिलो पटक मर्कुश भिडियोसहितको गीत सार्वजनिक गरेका मुकेश यस गीतका  म्युजिक भिडिओ निर्देशक पनि हुन्।

पुरा पढ्नुहॊस »

केकी अधिकारी र अनमोल केसी विभूषित

काठमाडौं । नायिका केकी अधिकारी   र नायक अनमोल केसी   राष्ट्रपतिमार्फत विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा हरेक वर्ष सरकारले प्रदान गर्ने विभूषण लिष्टमा उनीहरु  समेत  छन् । कलाकारिताको क्षेत्रबाट मुलकुका लागि  योगदान गरेको भन्दै पदकमार्फत सरकारले  सम्मान गर्न भएको हो ।

पुरा पढ्नुहॊस »

कमेडी च्याम्पियन सिजन–२ को विजेता बने भरतमणि पौडेल

कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन्। शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता घोषित भएका हुन्। कमेडी च्याम्पियन सिजन-२ को वजेता भएसँगै भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्। यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भएका छन्। उनले स्कुटर प्राप्त गरेका छन्। यस्तै फस्ट रनरअप भएर बिक्की अग्रवालले टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरेका छन्। ग्राण्ड फिनालेमा …

पुरा पढ्नुहॊस »

गीतकार रमेश दियालीकाे ‘आशा राखी’ बजारमा (भिडियाेसहित)

विदेशमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रहँदै आएका गीतकार, साहित्यकार तथा मोडल रमेश दियालीले अमेरिकामा तयार पारेको गीत र त्यसको म्युजिक भिडियो नेपाल आएर सार्वजनिक गरेका छन्। उनको माया प्रेमले भरिएको नविनतम गीत आशा राखी मनको एउटा पत्र कोरी छोडी दिए शुक्रवार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतमा कुशल आख्यानकारसमेत रहेका दियालीको गीत रचना रहेको छ भने सुरेश अधिकारीले संगीत भरेका छन्। नेपालमा रेकर्ड गरिएको गीत बानिका …

पुरा पढ्नुहॊस »

हिमाल सागरको ‘एकादेशको कथा’

गायक हिमाल सागरले आफ्नै स्वर तथा संगीतमा नयाँ गीत ‘एकादेशको कथा’ ल्याएका छन् । गीतमा श्याम पराजुलीको शब्द र संजय हमालको संगीत संयोजन छ । दिलकृष्ण श्रेष्ठको निर्देशन रहेको भिडियो प्रविन मानन्धरले सम्पादन गरेका हुन् भने भिडियोमा पूर्ण लम्साल र लक्ष्मी ओलीलाई देख्न सकिन्छ ।

पुरा पढ्नुहॊस »

हास्य कलाकार मदनकृष्णको ‘जीवनको पाना’

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘जीवनको पाना’ सार्वजनिक भएको छ । बमकुमार श्रेष्ठको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ। भने भिडियोमा मदनकृष्ण, सरोज खनाल, लक्ष्मणप्रसाद अधिकारी र राजेन्द्र कट्टेलको अभिनय रहेको छ ।

पुरा पढ्नुहॊस »

सीडी विजय अधिकारीकाे ‘बा मेरा बा’

भ्वाइस अफ नेपाल सिजन-१ का विजेता सीडी विजय अधिकारीको स्वर रहेको गीत‘बा मेरा बा’ गीत सार्वजनिक भएको छ । गीतको रचना डा. ऋषि बस्ताकोटीले गरेका हुन्  भने खेम विश्वकर्माको संगीत र पुस्कर सुनुवारको संगीत संयोजनमा तयार पारिएको छ। गीतको भिडियोको सम्पादन मोहन सुनुवार (नवीन)ले गरेका छन् ।

पुरा पढ्नुहॊस »

कलाकार सिद्धार्थ शुक्लाको निधन

काठमाडौं। भारतीय  चर्चित  टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको  निधन भएको छ। टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका शुक्लाको  हृदयघातका कारण बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। शुक्लाले शोबिजमा मोडलिङ गरेर आफ्नो करिअर सुरु गरेका थिए। टेलिभिजन सिरियल बाबुलका आँगन छुटे नाबाट उनले डेब्यू गरेका थिए। उनी भारतको चर्चित रियालिटी सो बिग बोस सिजन १३ का विजेता समेत हुन्।

पुरा पढ्नुहॊस »

गायक हिमाल सागरको भुलिदेउ’

गायक हिमाल सागरले ‘भुलिदेउ’बोलको नयाँ गीत ल्याएका छन् । संगीत समेत हिमालकै रहेको गीतमा रोहन पौडेल जनकको शब्द तथा महेश्वर मान राजभण्डारीको संगीत संयोजन रहेको छ । भिडियोमा पूर्ण लम्साल,गायक सागर र लक्ष्मी ओलीको अभिनय देख्न सकिन्छ ।

पुरा पढ्नुहॊस »