नेपत्थ्यको विराटनगरबाट ‘मानवताको लागि संगीत’ अभियान शुरु

काठमाडाैँ । दुई दशकअघि ‘शान्तिको लागि शिक्षा’ अभियानको शुरु गरिएको विराटनगरबाटै लोक रक ब्याण्ड नेपथ्यले ‘मानवताको लागि संगीत’ अभियान थालेको छ । अभियानको पहिलो ध्वनी शुक्रबार बेलुकी यहाँस्थित हाटखोला मैदानमा फैलिँदा हजारौं दर्शकहरुको उत्साह मिश्रित आवाजले गुञ्जायमान भएको थियो ।

अघिल्ला कन्सर्टहरुभन्दा बेग्लै यसपाला नेपथ्यले पहिलो गीतै ‘भेंडाको ऊन जस्तो’ प्रस्तुत गरेको थियो । गाउनु अघिको धुनमा परिमार्जनसहित केही नयाँपन दिएर शुरु गरिएको उक्त गीतदेखि नै शुरु भएको दर्शकहरुमा तीब्र तापक्रम कन्सर्टको अन्तिमसम्मै जारी देखिन्थ्यो । दर्शकहरुमा शुरुदेखि जागेको तापक्रमलाई निरन्तरता दिनकै निम्ति दोस्रो गीतमा ‘छेक्यो छेक्यो’, तेस्रो ‘लामपाते सुरती’ र त्यसपछि पनि ‘चरि मर्यो’ र ‘जोमसोमे बजारमा’ जस्ता गीतहरुको निरन्तरता साथ अघि बढाइएको थियो ।Amrit Gurung nepatya 2कार्यक्रम अवधिभर गायक अमृत गुरुङले पटक–पटक मानवसेवा आश्रमको उद्देश्यबारे जानकारी दिएका थिए । ब्यान्डको पुरानो गीत ‘यो जिन्दगानी’लाई आश्रममा आश्रितहरुको तस्विरसहितका दृष्यहरुबाट प्रस्तुत गरिएको थियो ।‘अर्को जुनी छ कि छैन थाहा छैन,’ उनी भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने यसै जुनीमा र आजैबाट दान गर्न शुरु गरौं ।’ गायक गुरुङले चुनावपछि फेरि समाजमा एकताको आव्हान गर्दै त्यसले नै स्थिरता र विकास दिने तर्क पनि राखेका थिए ।

विराटनगरको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँच वटा ट्रक, दुइटा बस र केही साना सवारीमार्फत वीरगञ्जतर्फ प्रस्थान गरेको छ । मानव सेवा आश्रमकै आयोजनामा त्यहाँस्थित आदर्शनगर रंगशालामा नेपथ्य मंसिर १९ गते सोमबार प्रस्तुत हुँदैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सौगात अभिनीत ‘बम बहादुर’को टिजर सार्वजनिक (भिडिओ)

काठमाडौँ । अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको …

प्रतिकृया दिनुहॊस