सान्वी, सरोना र अर्मोनले जिते ‘लिटिल आईकन अफ नेपाल २०२२’ को उपाधि 

काठमाडौं । ‘लिटिल आईकन अफ नेपाल २०२२’ को उपाधि तीन प्रतिस्पर्धीले जितेका छन् । एएनपि मिडिया हाउसको आयोजना आइतबार राष्ट्रिय नाचघर जमलमा ‘लिटिल आईकन अफ नेपाल २०२२’ सम्पन्न भएको हो ।

आयोजक संस्थाका प्रमुख लव बहादुर कार्कीकाअनुसार प्रतियोगिता अन्तर्गत जुनियर गर्ल्स, सिनियर गर्ल्स र ब्वाइज ग्रुप गरी तीन भिन्न समूहमा प्रतिस्पर्धा गराइएको थियो । जसमा जुनियर गर्ल्सतर्फको उपाधि सान्वी भट्टले जितिन् भने प्रशान्ती चन्द ठकुरी र स्वस्तिका पाण्डे क्रमश: फर्स्ट रनर अप र सेकेण्ड रनर अप बन्न सफल रहे । त्यस्तै, जिया घर्ती मगर मस्ट पपुलर विनर र पब्लिक च्वाइसको विजेता बन्न सफल रहे ।

सिनियर गर्ल्सतर्फ सरोना गुरुङले लिटिल आईकन अफ नेपाल २०२२ को ताज हासिल गरिन् । मिरा रोका छेत्री, क्रिजल लिम्बु र क्युरिना परियार फर्स्ट रनर अप, सेकेण्ड रनर अप र थर्ड रनर अप बन्न सफल रहे । सुयान्सी ढुङ्गाना मस्ट पपुलर विनर र नुमा लिम्बु पब्लिक च्वाइसको विजेता बन्न सफल रहे ।

ब्वाइज ग्रुप अन्तर्गत अर्मोन खत्री लिटिल आईकन अफ नेपाल २०२२ को विजेता बन्दै ताज हासिल गरे भने मस्ट पपुलर विनरको टाइटल समेत हात पारे ।  त्यस्तै रिदम गौतम, अनमोल गुरुङ र आश्रय अर्याल क्रमश: फर्स्ट रनर अप, सेकेण्ड रनर अप र थर्ड रनर अप बन्न सफल रहे भने अनमोलले पब्लिक च्वाइसको टाइटल समेत हात पारे । अन्य प्रतिस्पर्धीहरू समेत विभिन्न टाइटल जित्न सफल भएको कार्कीले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस