गोल्डेन ओकको कमेडी यात्रा १५ गतेदेखि

काठमाडौं । गोल्डेन ओकले कमेडी यात्रालाई निरन्तरता दिने भएको छ ।

गोल्डेन ओकले देशका विभिन्न सहरमा कमेडी प्रस्तुति दिँदै छ । जसअनुसार मंसिर १५ गते गाइघाटमा, मंसिर १६ गते मलंगवामा, मंसिर १७ गते वीरगञ्जमा, मंसिर १८ गते चन्द्रपुरमा, मंसिर १९ गते टाँडीमा र मंसिर २० गते नारायणगढमा कमेडी यात्रा गरिँदै छ ।

यस यात्रामा कमेडियन जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजालसहितका कलाकार हुनेछन् । गोल्डेन ओकले साउन महिनाको कमेडी यात्रामा बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा सम्पन्न गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस