उषा खड्गीलाई अंश नदिइ जिपीले भित्र्याए दोस्रो दुलही, दुवै श्रीमती एउटै घरमा

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीका पूर्वपति सञ्चारकर्मी जिपी तिमल्सिनाले दोस्रो विवाह गरेका छन् । उनले आफ्नी प्रेमिका सविना अधिकारीलाई १९ मंसिरमा दुलही बनाएर भित्र्याएका हुन् । जिपी र उषाबीच गत जेठ २६ गते जिल्ला अदालत काठमाडौंमा सम्बन्धविच्छेद भएको थियो । तर, अदालतले गरेको सम्पत्ति बाँडफाँटमा चित्त नबुझेर जिपीले उच्च अदालतमा पुनरावेदन गरेका छन् । उक्त पुनरावेदनको फैसला भएको छैन । जिपीकी पूर्वपत्नी उषाले पूर्वपतिबाट अहिलेसम्म एक रुपैयाँ पनि अंश नपाएको गुनासो गरिन् । आफूहरुको अंश मुद्दा किनारा नलाग्दै अर्को विवाह गरेकोमा उनले आपत्ति जनाएकी छन् ।

‘हाम्रो कागजीरुपमा मात्रै डिभोर्स भएको हो । तर, त्यसको कार्यान्व्यन भएको छैन । जिल्लाबाट आएको मुद्दा मलाई चित्त बुझे पनि उहाँले नै चित्त नबुझाएर पुनरावेदन गर्नुभएको हो । त्यसको फैसला नआइकन अर्को विवाह गर्ने अधिकार उहाँले कसरी पाउनुभयो ?’ उषाले प्रश्न गरिन् । डिभोर्स भइसकेपछि पनि जिपी र उषा लोकन्थलीको एउटै घरमा बस्दै आएका छन् । घरको तेस्रो तल्लामा जिपी र दोस्रो तल्लामा दुई छोराहरुका साथ उषा बस्छिन् । अहिले त्यही घरमा जिपीले नयाँ दुलही भित्र्याएको उषाले बताइन् ।

उनले थपिन्, ‘बच्चाहरु मसित छन् । यही घरबाट जन्ति निकालेर लगियो । मेरो बच्चाहरुले स्टेपमदर भनेर मलाई अनेक प्रश्न सोध्छन् । मेरो गाडीमा उसको स्कुटर टाँसेर राखिएको हुन्छ । हाम्रै फ्ल्याटबाट उनीहरु तलमाथि गर्छन् । बच्चाहरुलाई मनोवैज्ञानिक प्रभाव परिरहेको छ ।’ उनले विवाहको दिन ११ बजे छोरीबाट आफूले विवाहको कुरा थाहा पाएको बताइन् । ‘छोरीले मलाई ड्याडीले आज विहे गर्दै हुनुहुन्छ, जन्ति यहीँबाट निस्किन्छ भनेर मलाई घरबाट निस्किन भनिन् । म तुरुन्तै निस्किएँ । गेट खोल्दै गर्दा भाइ-बुहारीहरु म्याचिङ सारी लगाएर भित्र पसिरहेका थिए । म केही रियाक्सन नगरी गाडीबाट निस्किएँ । त्यही राति विवाहको फोटो आयो ।’

उषाका अनुसार जिपीसँग ती युवतीको ८-९ वर्ष अगाडिदेखि सम्बन्ध थियो । उनले भनिन्, ‘मैले सुनेअनुसार मेरो बाबु पेटमा आउनुभन्दा अगाडिदेखि नै हो । एकचोटि उहाँको बहिनी मेरो बुटिकमा आएर तपाईंको श्रीमानको मेरो दिदीसँग सम्बन्ध छ, एकपटक बच्चा खसालिसकेको छ भन्नुभएको थियो । तर, मलाई विश्वास लागेको थिएन ।’ उनले पूर्वपतिको विवाहमा आफूलाई आपत्ति नभएको तर अंश दिएर छुट्याउनुपर्ने बताएकी छन् ।

नेपाल प्रेसबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस