नेपाल आईडलका प्रतिस्प्रधी गगनको बताससंगै भिडियो रिलिज

   काठमाडौं ।  नेपाली तारा सिजन ३ तथा नेपाल आईडल प्रतियोगिता प्रतिस्प्रधीको रुपमा रहेका नबगायक गगन फुँयालले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकाछन ।
बतास सँगै गीतलाई निमुखा युबराजले लेखेका हुन भने पछील्लो समयका चर्चित संगितकार कल्याण सिंहले संगीत दिएका हुन ।
गोपाल रसाईलीको संगीत संयोजनमा तयार भएको गीत गायक गगन फुँयालको पहिलो एल्बम प्रगती’द चेन्ज’मा समाबेश हुने गीत हो ।
यस् गीतको भिडियोलाई अनिल के मानन्धरको छाँयाकंनमा सागर राजले निर्देशन गरेका हुन भने भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन ।
गायक गगन फुँयाल नेपाली ताराको टप २० र नेपाल आईडलको थिएटर राउन्डबाट बाहिरिएका थिए ।
भिडियोको बारेमा गगन भन्छन – “मेरो पहिलो म्युजिक भिडियो सार्वजनिक गरेको छु, दर्शक, श्रोता तथा मिडियाको साथ, माया पाए भने नयाँ नयाँ गीत लिएर आउने छु।” यो भिडियो हेरेर फेसबुक तथा युट्युबमा प्रतिकृयाको अपेक्षा गरेको छु “। डोरेमी म्युजिक पाठशालाको संगीत विद्यार्थी समेत रहेका गगनले यस् गीतको प्रतिकृया पछी एल्बमको अन्य गीतको काम गरिने बताए ।
आफ्नो संगितगुरु भानुभक्त ढकाल तथा स्टुडियोका रेकर्डिस्ट लगायत अन्य सदस्यहरु देखी गीत सार्वजनिक हुँदासम्म सबैबाट राम्रो प्रतिकृया पाएको बताउने गगनले आफ्ना हरेक पाईलामा साथ दिने गुरु भानुभक्त ढकाल तथा सम्पूर्ण मित्र, परिवार लाई उनले धन्यवाद दिँदै  दर्शक श्रोताको प्रतिकृयालेनै आउने दिनमा हौसला हुने बताए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस