अभिनेत्री श्वेता खड्का विवाह गर्ने सोचमा

काठमाडौँ । स्वर्गीय पति नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको तीन वर्षपछि रजतपटमा फेरी नयाँ चलचित्र ’कान्छी’ मार्फत भित्रिएकी अभिनेत्री श्वेता खड्का विवाह गर्ने सोचमा पुगेको उनका निकटस्थहरु वताउँछन् । नेपाली सिने क्षेत्रका एकताकाका हिट अभिनेता श्रीकृष्णसँग विवाह भएको एक महिना पनि वित्न नपाउँदै सिउँदोको सिन्दुर पुछ्न विवश खड्का अहिले आफ्नो एक्लोपनलाई पूर्णविराम लगाउने मनस्थितिमा पुगेकी हुन । विवाह गरेको महिना दिन पनि बितेको थिएन, प्रिय नायक श्रीकृष्ण श्रेष्ठको असामहिक निधनले नेपाली सिनेमा जगत त मर्माहत भयो नै उता श्वेताले जुनी जुनीसँगै जिउने भनेर सात फेरो लगाएका पति नै गुमाउनुपर्यो ।

श्वेतालाई अहिले घरपरिवार तथा साथीभाईबाट विवाहका लागि दबाब आएपछि उनी विवाह गर्ने सोचमा पुगेको बुझिएको छ । अर्को विवाहको विषयमा दर्शकको चाहनाअनुसार अघि बढ्ने उनी भन्छिन् । श्रीकृष्णको निधनपछि अभिनेत्री खड्काले करिव साढे ३ बर्षपछि चलचित्र ‘कान्छी’ निर्माण र अभिनय मार्फत चलचित्रमा फर्किइन् । चलचित्रले दर्शकको राम्रो साथ पाएकोे थियो । चलचित्र हिट लिष्टमा समावेश भयोे । कमब्याकमा सफल भएपछी अभिनेत्री श्वेता खड्का फुरुङ्ग बनेकी छिन् ।

देवकी अाचार्य

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस