‘शत्रु गते’ले कमायाे ३ दिनमै ३ करोड तर ‘छक्का पन्जा २’को रेकर्ड भने ताेड्न सकेन

काठमाडाै । चलचित्र ‘सत्रु गते’ ले ३ दिनमा आक्रामक ब्यापार गरेको छ । शुक्रबार ७० लाख आसपासको कलेक्शन गरेको यो चलचित्रले शनिबार तथा आइतबार बम्पर व्यापार गर्‍यो । चलचित्रले शनिबार देशभरीबाट १ करोड ४३ लाखको व्यापार गरेको छ । आइतबार पनि चलचित्रको व्यापार आक्रामक नै थियो । शनिबार चलचित्रले १ करोड १२ लाखको व्यापार गरेको निर्माता किरण केसीले जानकारी दिएका छन् । चलचित्रले ३ दिनमा नै ३ करोड माथिको ग्रस कलेक्शन गरेको छ ।

 

प्रदिप भट्टराइको निर्देशनमा तयार यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकार मुख्य भूमिकामा छन् । चलचित्रले आजबाट गर्ने व्यापारले यसको लाइफ टाइम कलेक्शनको अड्कल हुनेछ । यो चलचित्रले दशैंमा रिलिज भएको चलचित्र ‘छक्का पन्जा २’ को रेकर्ड भने तोड्न सकेन ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

‘लाज शरणम्’ मा धुर्मुस

काठमाडौं । झण्डै पाँच वर्षपछि हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फिल्ममा फर्किएका छन् । कुमार …

प्रतिकृया दिनुहॊस