दुबईमा छायाँकन गरिएको सन्जिबको म्युजिक भिडियो रिलिज

रोजगारीको सिलसिलामा विदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीत प्रति मोह राख्ने धेरै छन्। यसै क्रममा युएई, दुबईमा बिगत पाँच बर्षदेखि रहँदै आएका डब्लु.डि.एन.वाई सन्जिब आफ्नो पहिलो गीतको भिडियो लियर दर्शक स्रोतामाझ आएका छन्।

देखेर तिमिलाई…’ बोलको गीतमा सन्जिब कै स्वर तथा शब्द र कमल थापाको संगीत सुन्न सकिन्छ। सुदर युवतीलाई देखेपछि कल्पना गरेका पलहरुलाई गीतमा उतारिएको छ।

फोटोग्राफर कमल श्रेष्ठले छायाँकन, सम्पादन तथा निर्देशन गरेको भिडियोमा दुबईको मारिना बीच, मरुभूमि र क्लबहरुको दृश्यहरु देख्न सकिन्छ।

हिप हप र्याप सैलिको गीतको भिडियोमा गायक संगै मोडल रेबिका थापा मगरलाई फिचर गरिएको छ। रेबिका पनि केहि वर्ष देखि युएईमा रहदै आएकी छिन्।

यसरी   बन्यो गीत र यसको भिडियो
गायक सन्जिबका अनुसार, केहि समय पहिले फ्राईडे मनाउन संगीतकार कमल थापा सँग दुबईकै एक क्लब गएका थिए। क्लबमा एक सुन्दरी युवतीलाई देखेर यो गीतको शब्दहरु कोरिएको थियो। उनले यो गीत नेपाल आउँदा रेकर्ड गराएका थिए। म्युजिक एरेन्जर रोनी दाहालको सहयोगमा गीत रेकर्ड गरेर पछि उनलाई यो गीतको भिडियो बनाउन इच्छा जाग्यो। तरआफुले चाहेजस्तो भिडियो बनाउन सक्ने दुबईमा कोहि भेटेनन।

यसैक्रममा घुमघामको सिलसिलामा दुबई पुगेका ग्ल्यामर फोटोग्राफर कमल श्रेष्ठ सँग उनको भेट भयो र अन्तत: उनले चाहे जस्तो म्युजिक भिडियो निर्माण भयो।

कमल श्रेष्ठ, नेपालका चर्चित फोटोग्राफर हुन्। उनले दर्जनौ नेपाली तथा विदेशी मोडल तथा अभिनेत्रीहरुको फोटो सेसन गरिसकेका छन्। फोटोग्राफी सँग संगै उनि ग्राफिक डिजाईन र भिडियो सम्पादनमा पनि उत्तिकै लगाब राख्छन। उनले थुप्रै गायक गायिकाहरु एल्बम कभर डिजाईन तथा म्युजिक भिडियो छायांकन गरिसकेका छन्।

एक दशक अगाडी नै उनले अड्रियन प्रधान, सबिन राई, बबिन प्रधान, सत्यकला राई, वृन्दा सिं लगायतका गायक गायिकाहरुको म्युजिक भिडियो छायांकन गरिसकेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री