मनॊरञ्जन

सांसद कोमल वेलीले ल्याइन् तीज गीत ‘छड्के तिलहरी’

काठमाडौं । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजलाइ लक्षित गर्दै गीत बजारमा निकाल्ने क्रम बढ्दो छ । यस्तैमा गायिका तथा राष्ट्रिय सभाका सांसद कोमल वलीले पनि नयाँ तीज बजारमा ल्याएकी छिन् । राजनीतिमा अगाडि बढ्दै गरेकी वलीले उनकी बहिनी प्रज्ञा शरदले साथ दिएकी छिन् । ‘छड्के तिलहरी’ बोलको गीतमा उनकै दिदी बहिनीको अभिनय देख्न सकिन्छ । भिडियोमा दुबै दिदी बहिनी बीच हुने गहिरो प्रेम प्रस्तुत गरिएको छ । एकनारायण भण्डारीको …

पुरा पढ्नुहॊस »

स्वस्तिमाले जितिन् ‘सार्क फिल्म फेस्टिभल’ मा अवार्ड

काठमाडौं । श्रीलंकाको नेसनल फिल्म कर्पोरेसनमा अवस्थित द सिनेमा हलमा चलेको सार्क फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘बुलबुल’ बाट अभिनेत्रीमा स्वस्तिमा खड्काले ‘वेष्ट पफर्मर जुरी अवार्ड२०१९’ जितेकी हुन् । जुलाई २ देखि ७ सम्म भएको उक्त फिल्म फेस्टिभलमा सहभागी हुन उनी गएको हप्ता श्रीलंका पुगेकी थिइन् ।बुलबुलसँगै यस फेस्टिभलमा प्रसाद र हरिले पनि नेपालबाट प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए ।

पुरा पढ्नुहॊस »

कंगनासँगको विवादबारे बोले ऋतिक

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशन पछिल्ला दस दिन जम्माजम्मी चार घन्टामात्र सुतेका छन् । यसको अरु कुनै कारण होइन, उनको आउने फिल्म ‘सुपर ३०’ हो । यसको रिलिज मिति नजिकिँदै जाँदा उनी प्रमोसनमा व्यस्त हुँदै गएका छन् । यहीबीच ऋतिक रोशनले एउटा अन्तर्वार्तामा खुलेर कुराकानी गरेका छन् । उनले यो अन्तर्वार्तामा अभिनेत्री कंगना रनौटसँगको विवादबारे बोलेका हुन् । ऋतिकले भनेका छन्, ‘अब मलाई के थाहा भयो भने प्रत्येक घटना …

पुरा पढ्नुहॊस »

तीज गीतमा रेजिनाको छमछमी

काठमाडौं । तीज आउन अझै डेढ महिना बाँकी छ । तर, कलाकारहरूका लागि तीजको गीत निकाल्न भ्याइनभ्याइ छ । यसपटकको तीजलाई लक्षित गरेर गायक खुमन अधिकारी र गायिका सपना थापाले नयाँ तीज गीतको भिडियो रिलिज गरेका छन् । काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियो रिलिज गरिएको हो । यो नयाँ तीज गीत घरबार गर्ने सोच…मा अभिनेत्री रेजिना उप्रेतीले मोडलिङ गरेकी छन् । गीत राम्रो भएको र पारिश्रमिक पनि राम्रो पाएकाले …

पुरा पढ्नुहॊस »

टिजरमा यस्तो देखियो ‘कबड्डी कबड्डी कबड्डी’, भदौ १३ मा रिलिज हुने

काठमाडाैँ । ‘कबड्डी’ सिनेमाको तेश्रो सिक्वल ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा उपसना सिंह ठकुरी, दयाहाङ राई तथा विजय बराल मुख्य रूपमा फिचर्ड भएका छन्। [youtube https://www.youtube.com/watch?v=EESKBxYmtwY] सिनेमालाई रामबाबु गुरूङले निर्देशन गरेका हुन्। भाद्र १३ गते रिलिज हुने सिनेमामा दया, उपासना र विजयका अलावा रेश्मा गुरूङ, कर्म, विल्सन विक्रम राई, पुस्कर गुरूङ, कविता आले, लुनिभा तुलाधर, कमलमणि नेपाल, अरूणा कार्की पोखरेल आदिको अभिनय रहेको छ। सिनेमाको पटकथा …

पुरा पढ्नुहॊस »

‘कबड्डी कबड्डी कबड्डी’को टिजर रिलिज

काठमाडौँ । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, रीश्मा गुरुङ, विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारको मुख्य भूमिका छ ।

पुरा पढ्नुहॊस »

‘मिस एण्ड मिसेस आदिवासी जनजाती’को उपाधी एलिजा र मिनाको हातमा

काठमाडौ ।  काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘मिस एण्ड मिसेस आदिवासी जनजाती’को पहिलो संस्करणको उपाधी मिसतर्फ एलिजा गुरुङ्गले हात पारेकी छिन । यसै गरि सोही प्रतियोगीताको मिसेस तर्फको उपाधी मिना मोत्तानले हात पारिन।  उनीहरुले प्रतियोगीतामा मस्ट टैलेन्ट तथा मस्ट पपुलरको उपाधी सहित नगद ५० – ५० हजार जितेका छन् । यस्तै, मिस आदिवासी जनजाती प्रतियोगिताको फस्र्ट रनरअपको उपाधी एवं मस्ट एक्टिभको सबटाईटल सहित अप्सरा गोलेले नगद २५ हजार तथा सेकेण्ड रनर …

पुरा पढ्नुहॊस »

सर्‍यो ‘हजार जुनीसम्म’, भदौ ६ मा नम्रतासँग भिड्ने

काठमाडाैँ । ‘बाहुबली’ फेम प्रभासको ‘साहो’सँगको सम्भावित भिडन्तलाई छल्न ‘हजार जुनिसम्म’ सिनेमाले आफ्नो रिलिज मिति परिवर्तन गरेको छ। साउन ३० मा रिलिज हुने घोषणा गरिएको विकास राज आचार्य निर्देशित सिनेमा अब भदौं ६ मा रिलिज हुने भएको छ। यही मितिमा नम्रता श्रेष्ठ स्टारर ‘जाइरा’ र ‘ र ‘लभ यू हमेशा’ रिलिज हुँदैछन्। ‘हजार जुनीसम्म’ले छोडेको साउन ३० को मितिमा प्रभासको ‘साहो’ का अलावा, अक्षय कुमारको ‘मिसन मंगल’, जोन अब्राहमको ‘बटाला …

पुरा पढ्नुहॊस »

‘छक्का पञ्जा–२’ आईफ्ल्क्सिमा रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–२’ आईफ्ल्क्सिमा रिलिज गरिएको छ । युट्युबमा दर्शकले प्रतिक्षा गरिरहेका बेला ‘छक्का पञ्जा–२’ आईफ्ल्क्सिमा रिलिज गरिएको हो । दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल लगायत कलाकार मुख्य भूमिकामा छन् । ‘छक्का पञ्जा–२’ राम्रो समीक्षा नपाए पनि बक्स अफिसमा राम्रो प्रभाव जमाएको चलचित्र हो ।

पुरा पढ्नुहॊस »

‘जात्रै जात्रा’ले मनायो ५१ दिन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’ले ५१ दिन मनाएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र ‘जात्रै जात्रा’ आज प्रदर्शनको ५१ दिनमा प्रवेश गरेको हो । चलचित्र क्यूएफएक्स लगायत सातवटा हलमा ५१ दिनमा प्रवेश गरेको निर्देशक भट्टराइले जानकारी दिए । ‘जात्रै जात्रा’मा विपीन कार्की, रविन्द्रसिंह बाँनिया, रविन्द्र झा, वर्षा राउत, दयाहाङ राई लगातय कलाकार मुख्य भूमिकामा छन् । ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’ को कथा पनि निर्देशक स्वयम्ले लेखेका हुन् …

पुरा पढ्नुहॊस »