गायक दुर्गेश थापालाई प्रहरीले खोज्दै

काठमाडौं ।  गायक दुर्गेश थापा विवादमा तानिएका छन् । तिहारको मुखमा गाएको ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतले उनी  विवादमा तानिएका हुन । दुर्गेशले ‘ह्याप्पी तिहार’ बोलको गीत क्लबमा सुटिङ गरेका छन् भने वियरको प्रचारप्रसार गरेका छन् ।

गीतभित्र उनले गाएको ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश कानूनी रुपमा विवादमा तानिएको छ । कानूनी रुपमा प्रतिबन्धित गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । उजुरीको कारवाहीका लागि प्रशासन कार्यालयले महानगरीय अपराध महाशाखा टेकुलाई गायक दुर्गेश थापालाई झिकाउन निर्देशन दिएको छ ।

तिहारको गीतमा दुर्गेशले गाएका छन् 

डन आयो डन,
जा मूला भन्,
राजा हो राजा,
बजाइदिन्छ बाजा,
ए निकाल गाँजा,
खानुपर्छ आज !

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री