शाहरूख खानकी पत्नी गौरी उत्कृष्ट फेसन डिजाइनर

काठमाडौं । ‘डिजाइनर पर्सन अफ दी इयर २०१९’ को अवार्ड जितेपछि बलिउड अभिनेता शाहरूख खानले पत्नी गौरी खानलाई बधाई दिएका छन् ।

गौरी बी डब्लू फ्यूचर अफ डिजाइन एन्ड समिट अवार्डको दोस्रो संस्करणमा ‘डिजाइन पर्सन अफ दी इयर’ भएकी हुन् । यसबारे शाहरूखले ट्वीट गर्दै भनेका छन्, ‘भनाइ छ, लुगाले मान्छे बनाउँदैन, मान्छेले लुगा बनाउँछ । तर सत्य के हो भने जे चिज पनि कसैलाई बनाउँछ भने त्यो महिलाले नै बनाउँछ । खासमा बाजिगरको जिन्स राम्रो थियो ।’

गौरीले आफ्नो करिअरको शुरूआतमा शाहरूख खानको फेसन डिजाइनरका रूपमा काम गरेकी थिइन् । ‘बाजिगर’ फिल्ममा पनि शाहरूखका लागि उनले नै लुगा तयार पारेकी थिइन् ।

हालै गौरीले इन्स्टाग्राममा शाहरूख र काजोलको तस्बीर शेयर गरेकी थिइन्, जसमा शाहरूखको बाजिगर फिल्मको एक दृश्यमा उनीद्वारा डिजाइन गसिरएको जिन्स लगाएका छन् ।

एक सफल इन्टेरियर डिजाइनरका साथसाथै गौरी निर्मामासमेत हुन् । सन् २०१८ मा उनलाई ‘फच्र्युन म्यागेजिन’ले उत्कृष्ट ५० महिलाको सूचीमा सामेल गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीपका समर्थकहरूले मलाई अनफ्रेन्ड गर्नू : अभया सुब्बा

काठमाडौं । गायिका अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका फ्यानलाई फेसबुकमा अनफ्रेन्ड गर्न आग्रह गरेकी छन् …

प्रतिकृया दिनुहॊस