‘ह्याप्पी तिहार, चिसो बीयर’ का गायक दुर्गेश थापा पक्राउ 

काठमाडौं । ‘ह्याप्पी तिहार, चिसो बीयर’ बोलको गीत बजारमा ल्याएपछि विवादमा अाएका गायक दुर्गेश थापा पक्राउ परेका छन् । थापालाई बालाजुबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएकाे छ ।

तिहारका अवसरमा उनले गाएको उक्त गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश कानूनी रूपमा विवादित मानिएकाे छ । तिहारको अवसरमा बियर खाने प्रचार गरेका कारण उनले निकालेकाे गीतकाे विराेध भएकाे हाे ।

तिहारको गीतमा दुर्गेशले गाएका छन् –

डन आयो डन,
जा मूला भन्,
राजा हो राजा,
बजाइदिन्छ बाजा,
ए निकाल गाँजा,
खानुपर्छ आज !

कानूनी रूपमा प्रतिबन्धित गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध उजुरी परेकाे हाे ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस