जब बलिउडका कलाकारले मोदीलाई घेरे

भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बलिउडका कैयौं कलाकारहरुले घेरिएका थिए। गान्धी विचारधारमा चर्चा गर्नका लागि उनले बलिउडका थुप्रै कलाकारलाई निम्त्याएका थिए।

कलाकारहरुलाई मोदीले फिल्मका माध्यमबाट गान्धी विचारधारा युवाबीचमा लैजान आग्रह गरे। ‘हाम्रा सिनेमाहरु, संगीत अनि नृत्यु मानिस र समाजलाई जोड्ने एउटा राम्रो माध्यम बनेको छ’ मोदीले भने ‘त्यसैले यसमा गान्धी विचारधारालाई पनि सँगसँगै जोडेर लगिदिनुस् ताकि, आगामी पिंढी पनि गान्धीको विचारलाई पछ्याउन सकून्।’

कार्यक्रममा अभिनेता शाहरुख खान, आमिर खान, कंगना रनावत, ज्याकनिल फर्नान्डिस, निर्देशक इम्तियाज अलि, एकता कपुर, अनुराग बसु, बोनी कपुरजस्ता धेरै बरिष्ठ कलाकालहरु थिए। उनीहरुले मोदीको निकै प्रशंसा पनि गरेका थिए। ‘मलाई लाग्छ यो पहिलो सरकार हो, अनि मोदी पहिलो प्रधानमन्त्री हुन्, जसले कला र कलाकारलाई यति धेरै सम्झिएका छन्।’

‘जब हामी फिल्म बनाउन लाग्छौँ अनि मनमा पटकपटक लाग्छ कि, यसको खास उद्देश्य के हो, मनोरन्जन त आफ्नो ठाउँमा छँदैछ, तर त्यो कुराले फिल्म निर्मातालाई बारम्बार घोचिरहन्छन’ निर्देशक अनुराग बसुले भनेका छन् ‘तर, आज एक उद्देश्य भेटिएको छ, एउटा मार्ग भेटिएको छ। एक दिशा भेटिएको छ।’

कलाकारहरुले मोदीसँग सेल्फीसमेत खिचेका थिए। शाहरुख र आमिर खानले मोदीसँग खिचेको फोटो अनि थुपै्र कलाकारहरुले खिचेका सेल्फीहरु अहिले सामाजिक सन्जालमा भाइरल भइरहेका छन्।  एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस