उर्जा

Energy related news.

कतिले हाले तामाकोसीको लागि शेयर आवेदन ?

काठमाडाैं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयरमा छ अर्ब बढीको आवेदन परेको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा आज साँझसम्म छ अर्ब बराबरको आवेदन परेको हो । अन्तिम विवरण भने मङ्गलबार दिउँसाे मात्र प्राप्त हुने कम्पनीले जनाएको छ । बैंक तथा वित्तीय संस्थामा बुझाइएका आवेदन फारम तथा आश्वा प्रणालीको समेत अन्तिम विवरण आउन बाँकी भएकाले केही रकम भने बढ्न सक्ने देखिएको छ …

पुरा पढ्नुहॊस »

माथिल्लो तामाकोशीको शेयरमा चार अर्बको आवेदन

काठमाडाैं । निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता भएको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा अाइतबार साँझसम्म करीब चार अर्ब बराबरको आवेदन परेको छ । माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार दुई लाख छ हजार ९९१ जनाले तीन अर्ब ९९ करोड ७१ लाख बराबरको आवेदन दिएका छन् । …

पुरा पढ्नुहॊस »

जलवायु परिवर्तनको प्रभाव रोक्न वैकल्पिक ऊर्जा

काठमाडौं । विश्वव्यापी रुपमा जलवायु परिवर्तनका कारण वातावरणीय समस्या उत्पन्न भएको भन्दै त्यसको निराकरणका लागि स्वच्छ वैकिल्पक ऊर्जालाई बढावा दिनुपर्नेमा जोड दिइएको छ । पेट्रोलियम पदार्थको अत्यधिक प्रयोगका कारण मानव एवं जलवायुमा समेत नकारात्मक प्रभाव परेको र त्यसले अल्पविकसित एवं तेस्रो विश्वका देशमा ठूलो प्रभाव परेकाले स्वच्छ ऊर्जा नै उपयुक्त विकल्प रहेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले ‘स्वच्छ …

पुरा पढ्नुहॊस »

ऊर्जाको नयाँ निर्देशिका : बास्केट फण्डका आयोजना प्रतिस्पर्धामा

काठमाडौं । सरकारले सम्भाव्यता अध्ययन भएका जलविद्युत् आयोजना आफ्नै खर्च, मातहतका संस्थाबाट वा विदेशी सहयोगमा निर्माण गर्ने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको ‘विद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका, २०७५’ ले आयोजना बैंक (बास्केट फण्ड)मा रहेका आयोजना विकास निर्माण गर्न आन्तरिक, बाह्य तथा मातहतका संस्थालाई सहभागी गराउन सक्ने व्यवस्था गरेको छ । जुनसुकै कारणले सर्वेक्षण अनुमतिपत्र रद्द भएका र उत्पादन अनुमतिपत्रका लागि दिएका दरखास्त रद्द भएका आयोजना, …

पुरा पढ्नुहॊस »

मध्यभोटेकोसीले कात्तिक २८ बाट कर्मचारीका लागि सेयर निष्कासन गर्ने

काठमाडाैं । मध्यभोटेकोसी जलविद्युत कम्पनीले आगामी कात्तिक २८ गतेबाट कर्मचारीका लागि छुट्याइएको २४ प्रतिशत सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको कर्मचारीका लागि छुट्याइएको सेयर निष्कासनको तयारी गरेको हो । पहिलो चरणमा १ सय रुपैयाँ अंकित १ करोड ४४ लाख कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागिएको कम्पनीका कार्यकारी निर्देशक मणी काफ्लेले बताए । निष्कासन हुने सेयरमध्ये कर्मचारी संचय कोषमा रकम संचित …

पुरा पढ्नुहॊस »

तामाकोशीमा लगानीकर्ताको आर्कषण

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । बिहीबारदेखि बिक्री शुरु भएको साधारण शेयरमा शुक्रबारसम्ममा एक लाख १६ हजारले आवेदन गरेका छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार बिक्री शुरु भएको दुई दिनमै मागभन्दा बढी दुई अर्ब २२ करोड बराबरको आवेदन परेको हो । कम्पनीले सर्वसाधारणका लागि रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री शुरु गरेको हो । “सरकारी …

पुरा पढ्नुहॊस »

१७ वर्षपछि बन्ने भयो विद्युत् नियमन आयोग

काठमाडाैं । विद्युत् क्षेत्रको समग्र नियमन गर्न सरकारले विद्युत् नियमन आयोग गठन गर्ने अन्तिम तयारी गरेको छ । १९ भदौ ०७४ बाट कार्यान्वयनमा आएको ‘विद्युत् नियमन आयोग ऐन–२०७४’अन्तर्गत यसको नियमावलीसमेत गत ११ भदौ ०७५ मा बनिसकेको छ । तर, अध्यक्ष र सदस्यहरूको नियुक्ति गरी आयोगलाई पूर्णता नदिँदा सो आयोग कार्यान्वयनमा आउन भने सकेको छैन। पुष्प कोइरालाले आजको नयाँ पत्रिकामा यो खबर लेखेका छन्। ऊर्जा, जलस्रोत एवम् सिँचाइमन्त्री वर्षमान पुनले आयोगका पदाधिकारी नियुक्तिका लागि मन्त्रालयका सचिव …

पुरा पढ्नुहॊस »

इन्टरनेट प्रविधि सम्वन्धि फोरममा विद्युतीय अर्थतन्त्रमा छलफल हुने

काठमाडौं । इन्टरनेट प्रविधि सम्बन्धित बहुपक्षिय सरोकारवालाहरूको दुई दिने राष्ट्रिय फोरम ‘नेपाल आइजिएफ २०१८’ शुक्रबारदेखि काठमाडौंमा हुने भएको छ । सरकार, निजी क्षेत्र, नागरिक समाज र आम इन्टरनेट प्रयोगकर्ता सहभागी हुने फोरमका लागि यो वर्ष ‘सहज पहुँच, सुलभ र सुरक्षित इन्टरनेट’ नारा तय गरिएको छ । फोरममा १८ वटा विधागत प्रस्तुति र छलफल तय भएको आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । फोरमको मूख्य आयोजक इन्टरनेट सोसाइटी नेपाल र सह आयोजकमा …

पुरा पढ्नुहॊस »

मध्य भोटेकोशीले साधारण शेयर बिक्री गर्ने

काठमाडाैं । चिलिमे जलविद्युत् कम्पनीको सहायक मध्य भोटेकोशी जलविद्युत् कम्पनीले एक अर्ब ४४ करोड बराबरको सीमित साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । पहिलो चरणमा कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि रु एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता शेयर निष्काशन गर्न लागेको आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीले जानकारी दिएको छ । साधारण शेयरको निष्काशन गर्न नेपाल धितोपत्र …

पुरा पढ्नुहॊस »

विद्युत्भार व्यवस्थापनले तिहार झिलिमिली हुने

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिनमा हुने विद्युतभार व्यवस्थापन गरेको छ । नेपालीको दोस्रो ठूलो चाड तिहारलाई ध्यान दिँदै एक हप्ताअघिदेखि नै विद्युत्भारको व्यवस्थापन गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । विद्युत् उपभोगमा कुनै पनि समस्या नआउने भन्दै उहाँले ढुक्कसँग विद्युत् उपयोग गरी तिहार मनाउन सकिने बताए । बत्तीको चाड तिहारमा तीन वर्षअघि विद्युत्भार कटौती हुँदा तिहार खल्लो भएको थियो । विसं २०७३ को लक्ष्मीपूजाकै दिन प्राधिकरणले …

पुरा पढ्नुहॊस »