उर्जा

Energy related news.

भारतीय ऊर्जा बजारबाट विद्युत आयात, मूल्य प्रतियुनिट ३.८१ भारु पर्ने

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद गर्न सुरु गरेको छ । प्राधिकरणले आजराति १२ बजेबाट २०० देखि २५० मेगावाटसम्म विद्युत भारतीय ऊर्जा एक्सचेन्ज बजारमा खरिद गरी ढल्केबर-मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गर्ने भएकाे हाे । योसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य बताए । पहिलेबाटै सम्पूर्ण तयारी गरिएकाले …

पुरा पढ्नुहॊस »

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड

काठमाडौं । सिंगटी हाइड्रोपावरले निष्काशन गरेको आईपीओको बाँडफाँड आज शुक्रबार गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको काठमाण्डौ त्रिपुरेश्वरस्थित कार्यालयमा बिहान ११ बजे सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड गरिएको हो। कम्पनीले गत चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरको २९ लाख कित्ता आईपीओ बिक्री गरेको थियो । जसममध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता सेयर …

पुरा पढ्नुहॊस »

कोभिडले मिस्ट्रीखोलाको परीक्षण उत्पादन प्रभावित

म्याग्दी । कर्मचारीमा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन समयतालिका प्रभावित भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोला आयोजनाले चैत १७ गते मङ्गलबारदेखि परीक्षण उत्पादन शुरु गर्ने तयारीसहित समय तालिका बनाएको थियो । गत हप्ता आयोजनामा काम गर्न भारतबाट आएका पाँचमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुको नजिकको सम्पर्कमा रहेका ७६ को स्वाबको नमूना सङ्कलन …

पुरा पढ्नुहॊस »

आज काठमाडौंका यी ठाउँमा काटिँदैछ बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कुल, सीसीआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली कटौती हुने जनाएको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ । सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका …

पुरा पढ्नुहॊस »

आजबाट सिँगटी हाइड्रोको आईपीओ खुल्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट सिँगटी हाइड्रो इनर्जी लिमिटेडले प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्न स्वीकृति पाएको हाइड्रोले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ निष्काशन गरेको छ । कम्पनीले आज शुक्रबारदेखि सर्वसाधारणले आईपीओ भर्न पाउने किसिमले निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ४५ करोड रुपैयाँमध्ये १० प्रतिशत अर्थात १४ करोड पचास लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । कम्पनीले १४ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र …

पुरा पढ्नुहॊस »

काठमाडौंका यी स्थानमा आज विद्युत् काटिंदै

काठमाडौं । काठमाडौंको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा  शुक्रबार विजुली काटिने भएको छ । महाराजगञ्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमती, फाट, गोल्फुटारलगायत ठाउँमा आज तीन घण्टा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । महाराजगञ्ज वितरण केन्द्रको बाँसबारी फिडरअन्तर्गत पर्ने गङ्गालाल हस्पिटलदेखि गोल्फुटार क्षेत्रमा ११ मिटर पोल गाड्ने कामका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म लाइन काटेर काम गर्न लागिएको प्राधिकरणले विज्ञप्ति निकालेर जानकारी गराएको छ । यस्तै आज प्रदेश-२ …

पुरा पढ्नुहॊस »

मिस्ट्रीखोला आयोजनाले यसै हप्तादेखि ४२ मेगावाट विजुली उत्पादन गर्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माण गरिएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले यसै हप्तादेखि विद्युत् उत्पादन शुरु गर्ने भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवर्धक रहेको मिस्ट्रीखोलाले निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सकेर उत्पादनको तयारी गरेको हो । आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले सुरुङ, पेनस्टक पाइपलाइन र विद्युत गृहको परीक्षण सकेर विद्युत् उत्पादनको तयारी गरेको जानकारी दिए । ‘दाना सबस्टेशनबाट स्वीचार्डसम्म ब्याकलोडमा प्रसारण लाइनको …

पुरा पढ्नुहॊस »

काठमाडौंका दर्जन बढी ठाउँमा आज विजुली जाने

काठमाडौं । काठमाडौंका दर्जन बढी ठाउँमा शनिबार दिनभरजसो विजुली जाने भएको छ । काठमाडौंको जोरपाटी वितरण केन्द्र र बुढानीलकण्ठ वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा आज बत्ती जाने भएको छ । जोरपाटी वितरण केन्द्रको साँखु फिडरअन्तर्गतका क्षेत्रमा र बुढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गतका क्षेत्रमा ६ घण्टा बत्ती जाने भएको हो । जोरपाटी वितरण केन्द्रको साँखु फिडरअन्तर्गत ब्रम्हखेल, माया पाटी, इन्द्रायणी, साँखु, जर्सिङ पौवा, नाङ्लेभारेलगायतका ठाउँमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लाइन …

पुरा पढ्नुहॊस »

दैनिक २० घण्टा लोडसेडिङको मारमा हुम्ली

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुन सकिरहेको छैन । विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्दै आउनु परेको छ । एक कार्यालय प्रमुखबाहेक अन्य कर्मचारी सबै स्थानीयवासी भएका कारण मर्मतमा चासो नदिँदा समस्या भएको हो । विद्युत् गृहमा पानीको स्रोत …

पुरा पढ्नुहॊस »

नहर भत्किँदा विद्युत् सेवा अवरुद्ध

हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् । कुकुरफाल्ना जलविद्युतको नहर भत्केर विद्युत् आपूर्ति हुन नसक्दा यहाँका नागरिक यही फागुन २० गतेदेखि अन्धकारमा बस्दै आएका हुन् । रुख ढलेर जलविद्युत्को नहर भत्किँदा मर्मत गर्न समय लाग्ने भएकाले गाउँपालिकाका नागरिक अन्धकारमा बस्दै आएका छन् । नहर मर्मतका लागि फागुन २२ गतेदेखि २० स्थानीयवासीलाई काममा खटाइएको विद्युत् कार्यालयका सहयोगी हरीकृष्ण जैसीले जानकारी दिए । …

पुरा पढ्नुहॊस »