उर्जा

Energy related news.

नहर भत्किँदा विद्युत् सेवा अवरुद्ध

हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् । कुकुरफाल्ना जलविद्युतको नहर भत्केर विद्युत् आपूर्ति हुन नसक्दा यहाँका नागरिक यही फागुन २० गतेदेखि अन्धकारमा बस्दै आएका हुन् । रुख ढलेर जलविद्युत्को नहर भत्किँदा मर्मत गर्न समय लाग्ने भएकाले गाउँपालिकाका नागरिक अन्धकारमा बस्दै आएका छन् । नहर मर्मतका लागि फागुन २२ गतेदेखि २० स्थानीयवासीलाई काममा खटाइएको विद्युत् कार्यालयका सहयोगी हरीकृष्ण जैसीले जानकारी दिए । …

पुरा पढ्नुहॊस »

चिलिमे विद्युत् केन्द्रमा उत्पादन बन्द

रसुवा । चिलिमे विद्युत् केन्द्रमा उपकरण परिवर्तन गर्ने काम शुरू भएकाले उत्पादन बन्द भएको छ । २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन गर्न जडान भएका उपकरण पुरानो भएकाले नयाँ उपकरण परिवर्तन गर्नका लागि विद्युत् उत्पादन बन्द गरिएको हो । केन्द्रका प्रमुख मनिष विष्टका अनुसार प्रयोग भइराखेको उपकरण परिवर्तन गराउन द्रुतरूपमा काम अगाडि बढिरहेको र चार-पाँच दिनभित्र जडान सम्पन्न गरी पुनः यथावतरूपमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । विसं …

पुरा पढ्नुहॊस »

काठमाडौंसहित गण्डकीका यी पाँच जिल्लामा आज विजुली जाने

काठमाडौं । काठमाडौं उपत्यकाका केही ठाउँसहित आज उपत्यकाका बाहिरका मुख्य शहरहरुमा विजुली आपूर्ति बन्द हुने भएको छ । ललितपुरको सैबु फिडरअन्तर्गत पर्ने फूलबारी चोक, भैंसेपाटी आवास क्षेत्रमा पोल सार्न फिडर सटडाउन गरिने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । खोकना फिडरअन्तर्गत पर्ने चुनिखेल क्षेत्रमा पनि पोल सारिने भएको छ । काठमाडौको बाँसबारी फिडरअन्तर्गत पर्ने कपन मार्गमा रहेको ट्रान्सफर्मर मर्मत गर्न आज दिउँसो २ बजेदेखि ३ बजेसम्म महाराजगञ्ज, कपनमार्ग, पिपलबोट, गंगालाल …

पुरा पढ्नुहॊस »

नेपालकै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा जोडियो

त्रिशूली । नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलुककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । परीक्षणका रूपमा गत जेठमा १.२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए । आयोजनाको पछिल्लो प्रगति बुझ्न सोमबार स्थलगत अवलोकनमा आएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हाल आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन गरेर केन्द्रीय प्रसारण प्रणालीमा जडान शुरु गरेको …

पुरा पढ्नुहॊस »

सिंगटी हाइड्रोको आईपिओ बाँडफाँड

दाेलखा । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय वासिन्दालाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । साे कम्पनीकाे बिक्रि प्रबन्धक मेगा क्यापिटलले आज दिउँसो शेयर बाँडफाँड गरेको जानकारी दिएकाे छ । बाँडफाँड अनुसार १० कित्तादेखि ४९० कित्तासम्मको लागि आवेदन दिने माग गरे बमोजिम कै शेयर पाएकाे कम्पनीले वताएकाे छ । ५ सय कित्तादेखि माथिको लागि आवेदन गर्ने ५२३ जना लगानीकर्तामध्ये गोलापर्थाबाट २९९ जनाले थप १० कित्ता शेयर पाएका छन् …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकाका धेरै ठाउँमा आज विजुली जाने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आज (शनिबार) विजुली काट्ने भएको छ । लगनखेल वितरण केन्द्रको रेडियो नेपाल फिडरअन्तर्गत पर्ने सातदोबाटो, रेडियो नेपाल, कृषि अनुसन्धान, इसिमोड, खुमलटार, प्रचण्ड निवास, धापाखेल, भेल्पा, जेम्स, कान्तिपुर इन्जिनियरिङ, नागदहलगायत क्षेत्रमा तीन घण्टा बत्ती जाने भएको छ । रेडियो नेपाल फिडरलाई सटडाउन गरेर मर्मतको काम गर्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो २ बजेसम्म बत्ती बन्द गर्न लागिएको नेपाल विद्युत …

पुरा पढ्नुहॊस »

शनिबार र आइतबार काठमाडौंका यी क्षेत्रमा विद्युत नआउने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको बानेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् सेवा अवरुद्ध हुने भएको छ । विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले ती क्षेत्रमा डेढ घण्टादेखि तीन घण्टासम्म विद्युत् बन्द हुने भएको हो । प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनाअनुसार साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्न लागेको हो । शनिबार बिहान ११ देखि दिउँसो २ः३० बजेसम्म साँखु फिडर अन्तर्गतका …

पुरा पढ्नुहॊस »

दिनमा तीन पटक लोडसेडिङ भएपछि कार्यालय घेरे महिलाले

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती (लोडसेडिङ) हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन् । सिमकोटमा दैनिक १२ घन्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा यहाँका सेवाग्राही आन्दोलित भएका हुन् । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाले चरम लापर्वाही गरेको भन्दै सिमकोट गाउँपालिका–६ का स्थानीय महिलाले विद्युत् कार्यालयमा पुगेर कार्यालय घेराउ गर्नुका साथै आन्दोलन गरेका हुन् । दिउँसो केही समय …

पुरा पढ्नुहॊस »

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि प्राधिकरणको संचालक समितिको बैठकले शाक्यलाई कार्यकारी निर्देशकको सरह पूर्ण अधिकारसहित ६ महिनाको लागि कायम मुकायम कार्यकारी निर्देशक नियुक्त गरेको थियो । यसअघि प्राधिकारणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ थिए ।

पुरा पढ्नुहॊस »

कुलमान कालको कार्यसम्पादन सम्झौता पुनः सुचारु गर्दै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रोकिएको कार्यसम्पादन सम्झौता गर्ने कार्य पुनः सुचारु गरेको छ । यसअघि प्राधिकरणको कार्यकारी निर्देशक रहेका कुलमान घिसिङले २०७४ बाट प्राधिकरणमा यस्तो कार्यसम्पादन सम्झौता सुरु गरेका थिए । ऊर्जाको अभाव, विद्युत्को गुणस्तरीय आपूर्तिको अभाव भोगिरहेको देशलाई त्यसबाट मुक्त गर्न कार्यसम्पादन सम्झौताले ठूलै योगदान गरेको पनि थियो । तर, प्राधिकरणमा घिसिङको बहिर्गमनसँगै यस्तो सम्झौता हुने र कार्यसम्झौता अनुसार काम भए/नभएको मूल्यांकन गर्ने प्रथा स्थगित भएको थियो । …

पुरा पढ्नुहॊस »