उर्जा

Energy related news.

आजदेखि मैलुङ खोला जलविद्युतकाे आईपीओ खुला

काठमाडौं ।मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले  अाजदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ । कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको  ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर निष्काशन गरेकाे छ । निष्काशन गरेकाे कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी ६ लाख ८४ हजार ७४६ …

पुरा पढ्नुहॊस »

घोषणा १३ सय मेगावाटको, थपियो ३ सय मात्रै

काठमाडौं । सरकारले गत आर्थिक वर्षमा १ हजार ३ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने घोषणा गरेको भए पनि ३ सय मेगावाट विद्युत् मात्रै थपिएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले १ हजार ३ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने घोषणा गरेका थिए । तर नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार गत वर्ष ३ सय १३ मेगावाट विद्युत् मात्रै राष्ट्रिय प्रणालीमा जोडिएको देखिन्छ । जसमा ३० मेगावाट हिस्सा …

पुरा पढ्नुहॊस »

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

काठमाडौं ।मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले  साउन १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको  ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर निष्काशन गर्ने निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी ६ लाख ८४ …

पुरा पढ्नुहॊस »

तेह्रथुम पावर कम्पनीको आइपीओ आजदेखि खुला

काठमाडाै । तेह्रथुम पावर कम्पनीले आज साउन ५ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्र तेह्रथुमका स्थानीयको लागि ४ लाख कित्ता शेयर निष्काशन गर्ने वताएकाे छ । याे शेयरमा स्थानीयले छिटोमा साउन १९ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा भदौ २ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ६० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि …

पुरा पढ्नुहॊस »

कर्णालीमा पाँच जिल्लामा आज दिनभर विद्युत नआउने

काठमाडाैँ । कर्णालीका पाँच जिल्लामा आज (शनिबार) विद्युत अवरुद्ध हुने भएको छ । आज बिहान नौ बजेदेखि साँझ पाँच बजेसम्म सुर्खेतसहित पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ । कोहलपुर–सुर्खेत ३३ केभीए विद्युत प्रसारण क्षेत्रमा रुखका हाँगाबिगाहरु काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध भएको सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले जानकारी दिएका छन् । ‘कोहलपुर–सुर्खेत प्रसारण क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्जसहित अधिकांश भागमा जंगल पर्छ, रुखका …

पुरा पढ्नुहॊस »

आजबाट तामाकोशीमा ७६ मेगावाट बिजुली उत्पादन, प्रधानमन्त्रीले बालुवाटारबाटै उद्घाटन गर्ने

काठमाडाैँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उनकाअनुसार आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ । प्रणालीको मागअनुसार विजुली उत्पादन …

पुरा पढ्नुहॊस »

माथिल्लो तामाकोसीको अन्तिम परीक्षण सफल

काठमाडौं । स्वदेशी लगानीमा सबैभन्दा ठूलो जलविद्य‌ुत आयोजना माथिल्लो तामाकोसीको अन्तिम परीक्षण सफल भएको छ । सोमबारदेखि बिजुली उत्पादन हुने भएको छ। ४५६ मेगावाट विजुली उत्पादन गर्ने यो आयोजनाबाट पहिलो चरणमा पहिलो युनिटबाट ७६ मेगावाट उत्पादन गरिनेछ। उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि खिम्ति सवस्टेशनमा तार तान्‍ने काम पनि भइसकेको छ। आयोजनाबाट उत्पादित विद्युत गोंगर-खिम्ती-ढल्केबर २ सय २० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । नेपाल विद्य‌ुत प्राधिकरणले …

पुरा पढ्नुहॊस »

बाढी–पहिरोबाट २६ विद्युत् आयोजनामा क्षति

काठमाडौं । अविरल वर्षासँगैको बाढीपहिरोबाट जलविद्युत् आयोजना र सडक भत्किँदा करिब तीन अर्ब रूपैयाँको भौतिक क्षति भएको छ । कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपरमादी जलविद्युत् आयोजनाको मात्रै एक अर्बभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार बाढीपहिरोबाट निर्माणाधीन १६ वटा र विद्युत् उत्पादन भइरहेका १० वटा आयोजनामा क्षति पुगेको छ । इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बुधबार बेलुका आठ बजेसम्म दुई दर्जनभन्दा …

पुरा पढ्नुहॊस »

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड  भएको छ । धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आज भर्चुअल माध्यमबाट सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको छ। यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि हेर्न सकिनेछ। आईपीओको नतिजा धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट (https://www.sunrisecapital.com.np/ipo) र सीडीएससीको (https://iporesult.cdsc.com.np/) मा हेर्न सकिनेछ। कम्पनीको आईपीओ गत वैशाख १७ गतेदेखि २१ गतेसम्म बिक्री गरिएको थियो। कम्पनीले कुल १०० रुपैयाँ अंकित …

पुरा पढ्नुहॊस »

मिस्ट्रीखोलाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादीत विद्युत् बिहिबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाले दाना सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा विद्युत् पठाएको हो । आयोजनाका आवासीय इञ्जिनियर दिवाकर खड्काले तीन वटै युनिटबाट उत्पादीत विद्युत् केन्द्रिय प्रणालीमा जोडिएको जानकारी दिए । “मिस्ट्रीखोलाबाट उत्पादीत विद्युत् सिम्क्रोनाइज गरेर केन्द्रिय प्रणालीमा जोडियो”, उनले भने, “परीक्षणका लागि आयोजनाका सबै युनिट सञ्चालन गरेका …

पुरा पढ्नुहॊस »