बैंकिङ्ग

आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सेवा सम्झौता

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स  र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र  बैंकको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेलले हस्ताक्षर गरे ।   सम्झौता बमोजिम बैंकका ग्राहकहरुले नेपालभर रहेका मुक्तिनाथ विकास बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने छ ।  

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व

काठमाडौं। मुक्तिनाथ विकास बैंक सुनसरीको ईटहरी शाखाले शाखाका टोल तथा बजारमा डस्टबीन वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरीको ईटहरीशाखाले शाखा वरिपरीका टोल तथा बजारमा डस्टबीन वितरण गरेको हो । बैंकले ईटहरी बजार वरीपरीको सरसफाइमा ध्यान दिँदै सो टोल तथा बजारको सरसफाई गरी बजारको मुख्य चोकहरु लगायत इलाका प्रहरी कार्यालय,ईटहरीमा डस्टबीन वितरण गरेको हो ।

पुरा पढ्नुहॊस »

एचएसबीसीको नाफा २० खर्ब रुपैयाँ, अमेरिका-चीन व्यापार तनाबमै पनि राम्रो मुनाफा

हङकङ। विश्वमै ठूलो बैंक मानिएको एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब २० अर्ब डलर पुगेको छ । बैंकद्वारा मङ्गलबार जारी वक्तव्यमा उक्त नाफा करबाहेकको रकम रहेको जनाइएको छ । वर्षको अन्तिम चौमासिक अवधिमा चुनौतीपूर्ण बनेको बाह्य वातावरणका बाबजूद बैंकको नाफा सकारात्मक रहेको बैंकको भनाई छ।मुख्य व्यावसायिक गतिविधि एसियामा केन्द्रित गरेको एचएसबीसी बैंकका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबकै बीचमा पनि बैंकलाई …

पुरा पढ्नुहॊस »

शाइन रेसुङ्गा डेभलपमेण्ट बैकद्धारा ट्राफिक ब्यवस्थापन सामाग्री हस्तान्तरण

काठमाडाैँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले ११ औं बर्ष प्रवेशकोे अवसरमा सडक दुर्घटना न्युनिकरण गर्न ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवललाई सडक स्पीड ब्रेकर तथा कोन हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच बैकका सस्थापक अध्यक्ष थानेश्वर पौडेल, सञ्चालक मोहन चापागाई, सस्थापक सञ्चालक श्रीकृष्ण पोखरेल र प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दलाई स्पीड ब्रेकर तथा कोन हस्तान्तरण गरेका …

पुरा पढ्नुहॊस »

अजोड इन्स्योरेन्स र मेगा बैंक नेपालबीच बीमा सेवा सम्झौता

काठमाडाैं । अजोड इन्स्योरेन्स र मेगा बैंक नेपालबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा मेगा बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत रभिना देशराज श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने भएको छ ।

पुरा पढ्नुहॊस »

वाणिज्य बैंकहरुको शाखा संख्या ३ हजार २३३ पुग्यो

काठमाडाैँ । चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या ३ हजार २ सय ३३ पुगेको छ । वाणिज्य बैंकहरु स्थानीय तहमा जानैपर्ने अवस्था आएपछि वाणिज्य बैंकहरुको शाखा संख्या बढेको हो । २०७४ असारमा २ हजार २ सय ७४ शाखा रहेको वाणिज्य बैंकहरुको शाखा २०७५ पुष महिना सम्म झण्डै १ हजारको संख्यामा वृद्धि भएको छ । विकास बैंकको संख्या घटदै गएपनि शाखा संख्या भने बढेको छ । पुष मसान्त …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकद्वारा दुर्घटनामा मृत्यु भएकाको परिवारलाई बीमा रकम हस्तान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले दुर्घटनामा मृत्यु भएकाको परिवारलाई बीमा बापत प्राप्त रकम हस्तान्तरण गरेको छ । बैंकको कावासोती शाखाले सवारी दुर्घटनामा परि निधन भएका आफ्ना खातावाला ग्राहक स्व. रविराज खनालकी धर्मपत्नी गीता खनाललाई उक्त खाताको “दुर्घटना मृत्यु बीमा” वापत प्राप्त भएको ५ लाख हस्तान्तरण गरेको हो । बैंकले आफ्ना सम्पूर्ण खातावालाहरुको ५ लाख सम्मको निशुल्क दुर्घटना मृत्यु बीमा गरिदिएको छ । बैंकका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त बीमा वापतको रकम …

पुरा पढ्नुहॊस »

सेयर बजारमा उच्च गिरावटसँगै तीन वटा बैंकको सेयर लिलाम बिक्रीमा

काठमाडौं । बजारमा सेयरको मूल्यमा उच्च गिरावट आईरहेको समयमा एउटा वाणिज्य बैंक र दुईवटा विकास बैंकको सेयर लिलामीमा आएको छ । केदाल खत्री क्षेत्रीले कैलाश विकास बैंकबाट लिएको ऋण भुक्तानी नगरीपछि उनको स्वामित्वमा रहेको विभिन्न बैंकहरुको सेयर लिलामीमा राखिएको हो । ऋण असुली न्यायाधिकरणले क्षेत्रीको स्वामित्वमा रहेको १८ हजार २०० कित्ता सेयर लिलामीमा राखेको हो । जनता बैंक नेपालको सेयर १० हजार कित्ता, सिन्धु विकास बैंकको सेयर ६ हजार २१७ …

पुरा पढ्नुहॊस »

चिडियाखानामा ‘फिल्ड मार्शल सर जोन च्यापल शैक्षिक केन्द्र’ स्थापना, नेपाल इन्भेष्टमेन्ट बैंकको स्वैच्छिक सहयोग

ललितपुर । वन तथा वातावरण मन्त्री तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष शक्तिबहादुर बस्नेतले जावालाखेल स्थित सदर चिडियाखानामा ‘फिल्ड मार्शल सर जोन च्यापल शैक्षिक केन्द्र’को उद्घाटन गरेका छन् । यसैबीच, समारोहमा नेपालका लागि बेलायती राजदूत महामहिम रिचार्ड मोरिसले सर जोन च्यापलको प्रतिनिधित्व गरेकोे थियो । आर्थिक वर्ष २०७४÷७५मा  ११,५९,११४ जनाले सदर चिडियाखानाको अवलोकन गरेका छन् । विद्यालयमा अध्ययनरत बालबालिकाहरूमा संरक्षण शिक्षासम्बन्धी कार्यक्रम सञ्चालित गरिने सदस्यतामा आधारित कार्यक्रम ‘फ्रेन्ड्स अफ जू’ …

पुरा पढ्नुहॊस »

सिभिल बैंकद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग

काठमाडौँ । सिभिल बैंकले बाल विकास समाजलाई आर्थिक सहयोग गरेको छ । बैंकले एक कार्यक्रमबीच बाल विकास समाजलाई एक लाखको चेक हस्तान्तरण गरेको हो । उक्त चेक बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा बाल विकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई  हस्तान्तरण गरेको हो । यस बाल विकास समाजसँग  बैंकले विगत ३ वर्षदेखि निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आइरहेका छ । बैंकले आफ्नो स्थापनाकाल देखि नै बालबालिकाको क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको …

पुरा पढ्नुहॊस »