बैंकिङ्ग

मेगा बैंकको ७.८५ प्रतिशत लाभांश पारित

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको प्रस्तावित ७.८५ प्रतिशत लाभांश पारित भएको छ । बैंकको आठौँ वार्षिक साधारणसभाले समितिको प्रस्तावलाई पारित गरेसँगै सेयरधनीले सो मात्राको नगद लाभांश पाउने भएका हुन् । सभाले पारित गरेबमोजिम  लगानीकर्ताले चुक्ता पुँजीको एक प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । लगानीकर्ताले उक्त लाभांश आगामी माघको पहिलो साताभित्रै पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनुपमा खुन्जेलीले जानकारी दिएकी छिन् । हाल कम्पनीको चुक्ता पुँजी …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको नयाँ शाखा जाजरकोटको डल्लीमा

काठमाडौं ।  एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय जाजरकोटको नलगाड नगरपालिका डल्लीमा संचालनमा आएको छ । शाखाको नलगाड नगरपालिकाका नगर प्रमुख टेक बहादुर रावलले उद्घाटन गरे । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

पुरा पढ्नुहॊस »

प्रभु बैंकद्वारा मास्टरकार्ड संचालनमा

काठमाडौं । प्रभु बैंकले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर आफ्ना ग्राहकहरुको लागि पिवीएल मास्टरकार्ड सञ्चालनमा ल्याएको छ । डिजिटल पेमेन्ट क्षेत्रमा ख्यातिप्राप्त अन्तर्राष्ट्रियस्तरको कार्ड कम्पनी मास्टरकार्ड र नेपालस्थित प्रभु बैंकको साझेदारीमा ईएमभी चिप वेस्ड पिवीएल मास्टरकार्ड सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष देवि प्रकाश भट्टचनको अध्यक्षतामा मास्टरकार्डको सुभारम्भ भएको थियो । उक्त समारोहमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकले मास्टरकार्डसँगको साझेदारीमा …

पुरा पढ्नुहॊस »

सहुलियत कर्जा लिन राष्ट्रिय वाणिज्य बैंकले गर्‍यो आह्वान

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले प्रमाणपत्र धितोमा शैक्षिक कर्जा लगायतका अन्य ६ प्रकारका सहुलियतपूर्ण कर्जा लिन सर्वसाधारणलाई आह्वान गरेको छ । सहुलियतपूर्ण कर्जा प्रक्रियाका लागि बैंकहरूले विभिन्न कागजपत्र र कार्य अनुभव खोजिरहेका बेला सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक(आरबीबी)ले कर्जा लिन बोलाएको हो । सरकारले बजेट वक्तव्यमार्फत् घोषणा गरेको सुहुलियतपूर्ण कर्जा कार्यक्रमको सेवा लिन बैंकले आफूलाई पायक पर्ने शाखाहरुमा सम्पर्क गर्न अनुरोध गरेको छ ।आर्थिक ऐनको उक्त व्यवस्थाअनुरुप अर्थ मन्त्रालयले गत भदौ महिनामै …

पुरा पढ्नुहॊस »

जीवन र निर्जीवन बिमा गर्दा हुने फाइदा

पछिल्लो समय बिमा गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ । खासगरी २०७२ सालको बैशाखमा आएको भूकम्पले मानविय तथा भौतिक क्षति पुर्याएपछि बिमा गर्ने बढेका हुन् । एक डेढ वर्ष अघि कुल जनसंख्याको ७ प्रतिशतले मात्र बिमा गर्ने गरेकोमा अहिले त्यो संख्या बढेर ११ प्रतिशत पुगेको बिमा समितिको भनाइ छ । केही बर्ष पहिलासम्म र अहिले पनि केही मानिसमा बिमा गर्ने पैसा अन्य ठाउँ (जग्गा, सेयर, सुन) किन्दा बढी फाइदा हुने …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैकको शाखा बाराको गंजभवानीपुरमा

काठमाडौं। राष्ट्रिय वाणिज्य बैक लिमिटेडले बारा जिल्लाको महागढीमाई नगरपालिका वडा न. ३ गंजभवानीपुरमा  २०६ औं शाखा  संचालनमा ल्याएको छ ।उक्त शाखाको रावा बैंक संचालक समितिका सदस्य  जनककुमार बरालले समुद्घाटन गरेका छन् । बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व निक्षेप संकलन गरी १ खर्व २१ अर्व कर्जा लगानी गरेको …

पुरा पढ्नुहॊस »

“किरानामा” कुमारी बैंकको महाबचत योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुलाई merokirana.com  बाट अनलाइन अर्डर मार्फत सामान खरिद गर्दा १० प्रतिशत सम्मको क्यास ब्याक (नगद फिर्ता) योजना ल्याएको छ । “कुमारी महाबचत योजना” मार्फत कुमारी बैंकको मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुले अनलाइन सामान खरीद गर्दा १० प्रतिशतसम्म क्यास ब्याक पाउने छन् । काठमाडौं उपत्यका भित्र लागु हुने यो योजनामा किरानाले काठमाडौंको चक्रपथ भित्रको क्षेत्रमा Free Home Delivery को व्यवस्था पनि मिलाएको …

पुरा पढ्नुहॊस »