काठमाडाैँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैकको भुमही शाखाले श्री मिश्रौली कृषी सहकारी संस्थाको समन्वयमा मिश्रौली कृषी सहकारी संस्थाका सेयर सदस्यहरुसँग सहुलियत पूर्ण कर्जा सम्वन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
भुमही शाखाका शाखा प्रवन्धक बोमकान्त न्यौपानेले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएका थिए भने बैंकका नायव महाप्रवन्धक लोकराज पनेरुले बैकको परिचय, बैकले गरिरहेको सहुलियत पूर्ण कर्जा लगानी, बैकले गरेका सामजिक उत्तरदायित्व सम्वन्धि कार्यक्रम सम्वन्धमा जानकारी गराउनुका साथै शाइन रेसुङ्गा डेभलपमेण्ट बैकवाट सहुलियत पूर्ण कर्जा लिन आग्रह गर्दै कृषी तथा पशुपालन व्यवसाय विस्तार गरि वचत गर्न समेत आग्रह गरे ।
बैंकले सम्पूर्ण शाखा कार्यालयबाट सहुलियत पूर्ण कर्जा उपलव्ध गराइरहेको छ । नेपाल सरकारको सहुलियत कर्जा सम्वन्धी नितिको सफल कार्यान्वयन गर्नका लागी गुल्मीको बलेटक्सार, शान्तीपुर र खज्र्याङ्ग तथा रुपन्देहीको टिकुलिगढमा कृषकहरुसँग अन्तरक्रिया गर्नुका साथै गुल्मीको मुसिकोट नगरपालिकासँग कृषकलाई कृषि कर्जा उपलव्ध गराउन सम्झौता पनि गरेको बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहॊस