कृषि विकास बैंकको शाखा ओखलढुंगाको चम्पादेवीमा

काठमाडौं । ओखलढुंङगा जिल्ला चम्पादेवीमा कृषि विकास बैंकको शाखा कार्यालयको विस्तार भएको छ । प्रमुख अतिथी संघिय सांसद यज्ञराज सुनुवार र विशिष्ठ अतिथी कृषि विकास बैंकका उपमहा प्रबन्धक पूर्णप्रसाद आचार्यले संयुक्त रुपमा उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी तथा संघिय सांसद यज्ञराज सुनुवारले विकासको मुख्य साधन सरकारी संस्थाहरु भएको सन्र्दभमा कृषि विकास बैंक पनि एक सरकारी बैंक भएको बताए । राजनैतिक दलका प्रतिनिधीहरु, प्रदेश सभासद मोहनबहादुर खड्का, सभासद रामहरी खतिवडा, बालकृष्ण ढुंगेल, चम्पादेवी गाविस.का अध्यक्ष नवराज के.सी., ज्ञानप्रकाश मा.वि.का प्र.अ. काशीराम कार्की, ज्ञानज्योति सा.क्या.का प्र. चोपलाल धमलाहरुले स्थानीय जनताको तिव्र चाहना र आफुहरुको अनुरोध समेतलाई ध्यानमा राखेका बताए ।

उद्घाटन कार्यक्रमका अध्यक्ष तथा कृषि विकास बैंक क्षेत्रिय कार्यालय राजविराजका निर्देशक चेतनाथ सापकोटाले बैंकले अबका दिनमा चम्पादेवी बासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा, बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको विषयमा स्पष्ट पारेका छन् । समुदघाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक शाखा कार्यालय घोराखोरीका प्रबन्धक गोविन्द घिमिरेले गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी …

प्रतिकृया दिनुहॊस